नेपाल रष्ट्रिय कर्मचारी संगठन निजामति खोटाङ जिल्ला अधिवेशनको तयारी पुरा

दिक्तेल । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति खोटाङको चौथो जिल्ला अधिवेशनको तयारी पुरा भएको छ । भोली फागुन ६ गते शनिबार सम्पन्न हुन गईरहेको जिल्ला अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको आयोजक समितिले जनाएको हो ।

नेकपा माओवादी केन्द्र निकट रहेको कर्मचारीहरुको चौथो जिल्ला अधिवेशनको उद्घाटन प्रतिनिधी सभा सदस्य तथा पार्टी केन्द्रिय समिति सदस्य रामकुमार राई पासाङले गर्नु हुने छ । कार्यक्रममा राकस निजामतिका केन्द्रिय उपाध्याक्ष अम्बादत्त भट्टको विशेष आथित्यता रहने आयोजक समितिका संयोजक ध्रुवराज राईले जानकारी दिनु भयो ।

जिल्ला अधिवेशनमा विभिन्न स्थानीय तह स्तरीय पालिका समितिका प्रतिनिधीहरु सहभागी हुने छन् । करिब १५० जना बढी कर्मचारीहरुको सहभागितामा हुने कार्यक्रममा अग्रज कर्मचारीहरु (जो सेवा निवृत भईसक्नु भएको) लाई सम्मान समेत गरिने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार