फागुन, २ मंगलबार । खोटाङ जन्तेढुँगा गाउँपालिका – १ देविस्थानकी शर्मिला माझी चारदिन देखि हराई रहेकी छन् । उनी शुक्रबार २७ गतेदेखि आफ्नै घर साविक देविस्थान गाविस ८ सिकिम टारबाट हराएकी हुन् ।
विशेष कामले काठमाडौँमा बस्दै आएका उनको श्रीमान जयराम माझीका अनुसार घरपरिवारलाई बिना जानकारी २७ गते घरबाट निस्किएकी शर्मिला अझै सम्पर्कमा नआएको हुन् । उनलाई गाउँकै एक महिलाले भारत तर्फ लगेको हुनसक्ने उनको आशंका रहेको छ ।
गाउँकै सीता थापा माझी भनिने महिलाले उनलाई लिएर वेल्टार तर्फ लगेको उनका छिमेकीहरुले बताएका छन् । श्रीमती शर्मिला घरमा नभएको खबर पाएपछि हिजो सोमबार मात्र घर आईपुगेका जयरामले भने आफुसँग खासै केही भनाभन समेत नभएको बताए ।
२०५० सालमा जन्मेकी २९ बर्षिय शर्मिला सोझी लाईनको भएकाले उनलाई आफु घरमा नभएको बेला सीताले फकाई फुलाई भारत तर्फ लगेको हुनसक्ने उनले सुनाए । उनले काठमाडौँ हुँदा केही दिन अगाडि केही पैसा चाहिएको बताएकी भएपनि त्यसबेला पैसा नभएकाले नपठाएको पनि सुनाए ।
उता जन्तेढुँगा गाउँपालिका वडा न १ का वडा अध्यक्ष केदारमान राईले पनि उनि घरबाट हराएकी पुष्टि गर्नु भएको छ । उहाँले घरबाट हराएपछि आफुलाई जानकारी आएको र सम्बन्धित आफन्तहरुलाई नजिकै रहेको देविस्थान प्रहरी चौकीमा गई हुलिया दिन समेत सुझाएको उहाँले जानकारी दिनु भयो ।
उनको चारैतीर खोजिकार्य भईरहेको भन्दै वडा अध्यक्ष राईले स्थानीय तुलसी देवि कार्की माझीसँग सोमबार नाम नदेखिने भाईबरमा कुरा भएको भन्ने सुनिएको बताउनु भएको छ । वडाअध्यक्ष राईका अनुसार शर्मिलाले आफु भारत गएको एकमहिना कमाई गरेर फर्कन्छु भनेर तुलसीदेवि लाई भनेको कुरा आको छ ।
यदि यो कुरा सही हो भने उनलाई तीनै सीताले भारत लगेको हुन सक्छ । सीता यसअघि पनि गाउँमा नबस्ने कहिले को सँग कहिले कोसँग विहे गर्दै हिँड्ने चरित्र रहेको गाउँलेको भनाई रहेको छ । यसपटक पनि करिब महिना दिन अगाडिमात्र उनि गाउँमा आएकी थिईन् ।
प्रहरी चौकी देविस्थानमा हुलिया परिसेकेको प्रहरीले पुष्टि गरेको छ ।