दुबई गएका ओखलढुँगाका दिलबहादुर २१ बर्षदेखि बेपत्ता

ओखलढुँगा
माघ १८ बुधबार । ओखलढुँगा जिल्लाको चिसुंखुगढी गाउँपालिका वडा नम्बर ६ भदौरेका दिलबहादुर कामी २१ बर्षदेखि बेपत्ता भएका छन् । २०५८ साल बैसाख १२ गते वैदेशिक रोजगारका लागि भनेर दुबइ गएका कामी हाल सम्म बेखबर रहेका हुन् ।

ओखलढुँगाको रुम्जाटार विमान स्थलबाट २०५८ सालको बैसाख १२ गते काठमाडौँ गएको कामी बैसाख १३ गते दुबई उडेको भनिएको उनको छोरा काशीराम गदाइलीले जानकारी दिनु भएको छ । एक श्रीमती, तीन छोरा र एक छोरीका बाबु दिलबहादुरलाई खोटाङ जिल्ला डुम्रेधारापानी दुवे घर बताउने डिकबीर खड्का नाम गरेको ऐजेण्टले विदेश पठाएको खबर आएको गदाइलीले सुनाउनु भयो ।

विदेश गएको भनिएको यतिका बर्ष कुनै खोजखबर नभएपछि उनका परिवारले नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा दुबई राजदुतावास मार्फत खोजिपाउँ भनि निवेदन समेत दिएका छन् । तर मन्त्रालयले यसका बारेमा कुनै जवाफ नदिएको पीडितहरुको गुनासो छ ।

राहादानी नम्बर १०८१४१३ भएका दिलबहादुर लाई अर्बेयीन इम्प्लोईमेन्ट सर्भिस भन्ने कम्पनिले दुवई पठाएको पीडितहरुले निवेदनमा उल्लेख गरेका छन् । दुवई जानेबेलामा काशिरामका मामा पर्ने बमबहादुर विक र चन्द्र बहादुर विकले एअरपोर्ट सम्म पु¥याएको भन्ने सुनाएका काशीरामले जानकारी दिनु भयो ।

आफु ८ बर्षको उमेरका हुँदा नै बाबु विदेश गएको सुनेका काशीरामले हार गुहार गर्ने ठाउँपनि नपाएको गुनासो गर्दै बुवाको एकै पटकपनि केही खबर प्राप्त नभएको बताउनु भयो । ‘मरेको बाँचेको केही खबर नपाएकाले हामी त रणभुल्लमा छौँ । के गर्ने गर्ने ? आमा रातदिन पिर गर्नु हुन्छ आमालाई के भनेर सम्झाउँ’ उहाँले भन्नु भयो । ‘अब त सासको के आशा र लासै भएपनि जानकारी पाए हुन्थ्यो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार