सरस्वती पुजाकै दिन सरस्वती मन्दिरको उद्घाटन (फोटो फिचर सहित)


रावावेसी
माघ, १२ बिहिबार । खोटाङ जिल्लाको रावावेसी गाउँपालिका ४ धारापानीको धारापानी माध्यामिक विद्यालयमा सरस्वती मन्दिरको उद्घाटन भएको छ । धारापानी मावि पूर्व विद्यार्थी समाजको पहलमा निर्माण गरिएको सरस्वती मन्दिरको खोटाङ जिल्ला (क) प्रदेश सभा सदस्य सांसद पाँचकर्ण राई (पिके)ले मदिरको उद्य्घाटन गर्नु भएको हो ।

धारापानी माविमा अध्ययन गरेर हाल देश तथा विदेशमा रहेका पूर्व विद्यार्थीरु मिलेर जम्मा ८ लाख ९७ हजार ४ सय रुपैयाँको लागतमा मन्दिर निर्माण गरिएको पूर्व विद्यार्थी समाजका संस्थापक तथा सरस्वती मन्दिर निर्माण समितिका संयोजक दोर्पध्वज राईले जानकारी दिनु भयो । उहाँका अनुसार मन्दिर निर्माण भईसकेपछि आजै सरस्वतीको मुर्ति समेत राखिएको छ ।

मन्दिरमा राखिएको १ लाख ५० हजार रुपैयाँ बराबरको सरस्वतीको मुर्ति सो विद्यालयका पूर्व विधार्थी खिलाकुमारी दर्लामी मगरले सौजन्य गर्नु भएको हो । उहाँलाई तामपत्र सहित सम्मान गरिएको छ । यस्तै उक्त विद्यालयका लागि अपुग जग्गा उपलब्ध गराउने जग्गा दाता कृष्ण बहादुर निरौला र पूर्व जनपक्षिय प्रधान पञ्च लालबहादुर तिवारीलाई दोसल्ला ओडाएर सम्मान गरिएको छ ।

कार्यक्रममा सांसद राईले ८० बर्ष नाघिसेको ७ जना वृद्धा र ८ जना वृद्धहरुलाई न्यानो कपडा वितरण गर्नु भएको छ । यस्तै विद्यालय परिसरमा मन्दिर निर्माणका लागि ५० हजार रुपैया भन्दा माथी चन्दा उपलब्ध गराउने दिपक कुमार खुलाल (५०,५००।–) र मेघराज भट्टराई (१,५०,०००।–) लाई तामपत्र सहित सम्मान गरिएको छ ।

गाउँपालिका उप– प्रमुख कौशिला गुरुङको समेत उपस्थिती रहेको कार्यक्रममा मन्दिर निर्माण गर्ने मिस्त्रि तथा ठेकेदार खड्ग बहादुर मगर र कृष्ण बहादुर मगरलाई समेत सम्मान गरिएको मन्दिर निर्माण समितिका संयोजक राईले जानकारी दिनु भयो ।

प्रदेश सांसद पाँचकर्ण राई

न्यानो कपडा बाँढ्दै

न्यानो कपडा बाँढ्दै

पालिका उप–प्रमुख कौशिला गुरङ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार