प्याजबाट मात्र बाहिरिन्छ करिब २ करोड बढी रकम

दिक्तेल
माघ, ११ बुधबार । खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल बजारमा मात्र बर्षदिन करिब २ करोड रुपैया भन्दा माथीको प्याज खपत हुने देखिएको छ । बुधबार विहानमात्र सामन्य तथ्यांक संकलन गर्दा दिक्तेल बजारमा करिब १ हजार केजी प्याज खपत हुने देखिएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उप–प्रमुख विशन राईको नेतृत्वमा बजार अनुगमनका क्रममा लिईएको तथ्यांकका आधारमा बजारमामात्र दैनिक १ हजार केजी प्याज खपत हुने देखिएको उप–प्रमुख राईको सचिवालयले जनाएको छ । नगर कृषि अधिकृत तेजप्रकाश जैशी सहितका नगरका टोलिले दिक्तेल किराँतचोक देखि हाटडाँडा सम्म गरेको प्रारम्भिक अध्ययनमा यस्तो देखिएको हो ।

नगरपालिकाले प्याजमा मात्र आत्मनिर्भर नगर बनाउन सक्दा यहाँको रकम बाहिर जानबाट रोकिने उप–प्रमुख राईले बताउनु भएको छ । उहाँले नगरपालिकाले छिट्टै आयातित् प्याजको साटो स्थानीय किसानहरुले उत्पादन गरेको प्याजले अहिलेको बजारलाई विस्थापन गराउन पहल गर्ने बताउनु भयो । प्याजमा मात्र आत्मनिर्भर हुने हो भने एक बर्षमा करिब २ करोड १९ लाख रुपैया रकम नगरकै किसानसँग रहने संकेत देखिएको उहाँको भनाई रहेकोछ ।

अहिले बजारमा तराई तथा जिल्ला बाहिरबाट ल्याएको प्याज ६० रुपैया देखि ७० रुपैया प्रति केजी विक्रि वितरण भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार