निरन्तर संगठन विस्तारमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती

जन्तेढुँगा

माघ, ८ आइतबार । शनिबार मात्र खोटेहाङ गाउँपालिका कमिटि गठन गरेको नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती खोटाङको जन्तेढुँगा गाउँपालिका कमिटि आइतबार गठन भएको छ । जन्तेढुँगा गाउँपालिका खोटाङका प्रमुख अरुणादेवि राईको प्रमुख आथित्यतामा भएको एक भेलाले तोषल भट्टराईको अध्यक्षतामा कमिटि गठन गरेको हो ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती खोटाङका अध्यक्ष ध्रुवराज राईको अध्यक्षतामा बसेको भेलाले ११ सदस्यीय कमिटि गठन गरेको छ । कमिटिको उपाध्याक्षमा संयोग राई, सचिव शुक्रिम राई, सह–सचिवमा भावना राई र कोषाध्याक्षमा रोजिना राई रहनु भएको छ ।

नेकपा माओवादी केन्द्र प्रदेश कमिटि सदस्य होमकाजी आचार्य (विनोद) को समेत उपस्थितीमा भएको भेलाले चक्रबहादुर कार्कीलाई सल्लाहाकार सदस्य तथा जिल्ला अधिवेशन प्रतिनिधी छनौट गर्ने निर्णय समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार