खोटेहाङमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती  गठन

खोटेहाङ
माघ, ७ शनिबार । खोटेहाङ गाउँपालिका स्तरिय नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति गठन भएको छ। गणेश राईको अध्यक्षतमा १३ सदस्यीय समितिको शनिबार गठन भएको हो ।

खोटेहाङ गाउँपालिका अध्यक्ष उदिम बहादुर राईको प्रमुख आथित्यतामा आज बसेको कर्मचारीहरुको भेलाले गठन गरेको कमिटिमा उपाध्याक्ष दिपक राई, सचिव युवराज कालिकोटे, सहसचिव कपिलदेव शाह र कोषाध्याक्ष कल्पना तोलाङ्गे रहनु भएको छ ।

राष्ट्रिय कर्मचारी संगठनका जिल्ला कमिटि अध्यक्ष ध्रुवराज राईको सभापतित्वमा बसेको भेलाले जिल्ला अधिवेशन प्रतिनिधीका रुपमा सृजन भण्डारीलाई पठाउने भएको छ । भेलामा नेकपा माओवादी केन्द्र १ नम्बर प्रदेश सदस्य होमकाजी आचार्य (विनोद), माओवादी केन्द्रकै खोटेहाङ गाउँपालिका कमिटि अध्यक्ष दिपेन थुलुङ लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार