अन्तर मावि कविता प्रतियोगितामा महेन्द्रदय मावि डाडागाउँकि सुजता प्रथम

१ नम्बर प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको हामी स्वयम सेवि अभियान अन्तरगत आज दिक्तेल बजारमा कविता प्रतियोगिता भएको छ । प्रधानध्यापक तथा शिक्षक नायक अभिमुखीकरण कार्यक्रमका साथ भएको कविता प्रतियोगितामा महेन्द्रदय मावि डाडागाउँ की छात्रा सुजता विश्वकर्मा प्रथम भएकी छन् ।

लागुपदार्थ दुव्र्यसन तथा विपद व्यावस्थापनमा हामी स्वयम सेवि विषयक काविता प्रतियोगितामा सरस्वती मावि अर्खौलेकी सलिना गिरि दोस्रो र दिक्तेल इङलिस बोर्डिङ स्कुल हलेसी सदनका कृष्ण खत्रि तेस्रो भएका छन् । यसैगरी दिक्तेल इङलिस बोर्डिङ स्कुलकै विपना खत्रि सान्त्वना स्थानमा रहिन् ।

शिक्षक हेम विक्रम राई, चिरिन्जिवि निरौला नन्द विकको निर्णयाक मण्डलले कविताको प्रथम, दोस्रो, तेस्रो र सान्त्वना स्थान छनौट गर्नु भएको हो । २३ जना छात्र छात्राले कविता प्रतियोगितमा सहभागिता जनाएका थिए ।

कार्यक्रम जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको प्रमुख आथित्यतामा भएको थियो । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाई, जिल्ला प्रहरी कार्यालयको पहरी नायब उपरिक्षक मञ्जिल मुकारुङ, शसस्त्र प्रहरी बल हलेसी गुल्मका प्रनाउ श्याम रावत लगायतको उपस्थितिमा कार्यक्रम भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार