नेर्पा स्पोर्टस क्लब सेमि फाईनलमा, शुन्य विरुद्ध ४ गोल

दिक्तेल बजारमा जारी अनुप स्मृति गोल्ड कपको आमन्त्रित फुटबल खेलको चौथो दिन भएको पहिलो खेलमा साकेला फुटबल क्लबलाई हराउँदै नेर्पा स्पोर्टस क्लबले सेमि फाइनलको यात्रा तय गरेको छ । आज भएकाृ खेलमा साकेलाको विरुद्ध ४ गोल गर्दै नेर्पा स्पोर्टस क्लब अगाडि बढेको हो ।

खेलको शुरुवातमै नेर्पा स्पोर्टस क्लबका जर्सि नम्बर ११ का विजु भुजेलले गोलको खाता खोलेक थिए । खेल शुरुवात भएको ६ मिनेटमा नेर्पाकै जर्सि नम्बर १०का  विकि राईले थप १ गोल गर्दै खेललाई अगाडि बढाएका थिए ।

खेलको मध्यान्तर पछि पेनाल्टि गोल गर्दै जर्सि नम्बर १० विकि राईले थप गोल गरे । यस्तै खेलको अन्त्य तिर जर्सि नम्बर ९ का सुमन मगरले थप १ गोल गरेर जम्मा ४ गोलसँगै विजयी बनाएका छन । खेलमा उत्कृष्ट खेलाडिका रुपमा साईमन लिम्बु चुनिएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार