किकोस
दिक्तेल, १६ सोमबार । हिजोबाट शुरु भएको अनुप स्मृति गोल्ड कप आमन्त्रित पुरुष फूटबल प्रतियोगिता तृतिय संस्करणको दोस्रो दिनको खेलमा दिक्तेल फुटबल क्लब विजयी बनेको छ । खेलमा दिक्तेल फुटबल(प्रतिष्ठान) एकेडेमी लाई ० को विरुद्ध २ गोल गर्दै विजयी यात्रा शुरुवात गरेको हो ।

सोमबार भएको खेलमा दिक्तेल फुटबल क्लब जर्सी नम्बर १० मनिस योङहाङले १ गोल र जर्सी नम्बर ६ विशाल तामाङ पेनाल्टी गोल गर्दै विजयी बेनेका छन् । आज भएको पहिलो खेल दिक्तेल बजारको दुईवटा टिम भित्र रहेको थियो । जसमा अभिभावक र विद्यार्थी बिचको जस्तो देखिएको भएपनि विद्यार्थीहरुको खेल उत्कृष्ट रहेको प्रत्यक्ष दर्शीको अनुभव छ ।

यद्यपी सोमबारको दोस्रो खेल हेर्न लायक भएको छ । चियाबारी फुटबल क्लब इलाम र दिप्रुङ चुईचुम्मा गाउँपालिका बिच भएको मैत्रिपूर्ण खेलको रोमाञ्चक प्रर्दशनिमा चियाबारी फुटबल क्लब इलाम १ का विरुद्ध ३ गोलले विजयी बनेको छ ।

खेलको शुरुवातीको ३२ औँ मिनेटमा चियाबारी फुटबल क्लब इलामका रोशन मगरले गोलको खाता खोलेका थिए । यस्तै खेलको ३६ औँ मिनेटमा उनै रोशन मगरले १ गोल थप्दै खेलमा अग्रता दिएका थिए ।

दुवै टिमको कडा प्रतिस्पर्धा बिच भएको खेलको मध्यान्तर (हाफ टाईम) पछि को २६ औँ मिनेटमा दिप्रुङ चुईचुम्मा गाउँपालिकाको जर्सी नम्बर ११ का सुमन लिम्बुले १ गोल गर्दै खेलको विजयको द्धारा खोलेका थिए । तर खेलमा निकै प्रभाव शालि देखिएको दिप्रुङ चुइचुम्माले पोष्ट ऐटेम नगर्दा खेल निराशा जनक हुन पुग्यो ।

अन्तत् खेलको अन्तिमक समयमा रोशन मगरले अर्को गोल थप्न सफल बने । यो सँगै सोमबारको खेल सकिएको छ । खेलको अन्तमा चियाबारी इलामका रोशन मगरले एक खेलमा ३ गोल गर्दै ह्याट्रीक गरेका छन् । उनि सोमबारको खेलमा म्यान अफ द म्याच (उत्कृष्ट खेलाडि) घोषित भएका छन् ।

खेल तालिका अनुसार भोलि मंगलबार २.०० बजे खारम्बु स्पोर्टस् क्लब खार्मी दिक्तेल र मानेभञ्याङ फुटबल क्लब ओखलढुँगा बिच हुने छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार