नेर्पा स्पाेर्टस्  क्लबकाे विजयी यात्रा शुरु, ३ का विरुद्ध १ गाेल गर्दै  ईनरुवा फुटबल क्लब खेलबाट बाहिरयाे ।


दिक्तेल,१७ आईतबार ।  आजबाट शुरु भएकाे अनुप स्मृति गाेल्ड कप आमन्त्रित पुरुष फूटबल प्रतियाेगिता तृतिय संस्करणकाे शुरुवाती खेलमा नेर्पा स्पाेर्टस् क्लब विजयी बनेकाे छ । उद्घाटन खेलमा ईनरुवा फुटबल क्लबलाई १ काे विरुद्ध ३ गाेल गर्दै विजयी यात्रा शुरुवात गरेकाे हाे ।

खेलकाे शुरुवातकाे १३ औँ मिनेटमा ईनरुवा फुटबल क्लबका जर्सी नम्बर ७ का खेलाडी पेम्बा स्याङ्बाे लामाले १ गाेल गरेर खाता खाेलेका थिए । यसपछि भने उत्कृष्ट खेल प्रदर्शन गर्दै नेर्पा स्पाेर्टस क्लबका जर्सि नम्बर १० का विक्कि राईले खेलकाे ३५ औँ मिनेट १ गाेल फर्काउँदै खेल बराबरीमा पुर्याएका थिए ।

खेलकाे मध्यान्तर पछिकाे १२औँ मिनेटमा ईनरुवा फुटबल क्लबका खेलाडीले गल्ति गर्दा आफ्नै पाेष्टमा आत्मघाती गाेल हुन पुगेसँगै नेर्पा स्पाेर्टस क्लबले १ गाेल थप्ने अवसर पाएकाे थियाे । यसैगरी नेर्पा स्पाेर्टस क्लबका खेलाडी जर्सी नम्बर १० विक्कि राईले मध्यान्तर पछिकाे २७औँ मिनेटमा सामन्य बल हानेर अर्काे गाेल थपेर ३ पुर्याएका थिए । याे सँगै नेर्पा स्पाेर्टस् क्लबकाे जित सकेत सुनिश्चित गरिदिएकाे थियाे ।

माउन्ट एभरेष्ट बाेर्डिङ स्कुल खाेटाङ र दिक्तेल फूटबल क्लबकाे आयाेजनामा भईरहेकाे प्रतियाेगिताकाे आजकाे खेलमा नेर्पा स्पाेर्टस् क्लबका विक्कि राई उत्कृष्ट खेलाडी समेत छनाैट भएका छन् ।

दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिकाका नगरप्रमुख तिर्थराज भट्टराईलाई उद्घाटन  गर्नुभएकाे प्रतियाेगितामा भाेलीकाे खेल दिक्तेल फुटबल क्लब र खाेटाङ फुटबल प्रतिष्ठानबिच हुने छ ।

प्रतियाेगिताका विजेता टिमले २ लाख ५१ हजार रुपैयाँ सहित शिल्ड प्रमाणपत्र पाउने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार