अनुप स्मृति फुटबल प्रतियाेगिता शुरु , नेर्पा विरुद्ध ईनरुवा १ गाेल

दिक्तेल । अनुप स्मृति गाेल्ड कप आमन्त्रित पुरुष फूटबल प्रतियाेगिता तृतिय संस्करणकाे खाेटाङ जिल्ला सदरमुकाम दिक्तेल बजारमा शुरु भएकाे छ। माउन्ट एभरेष्ट बाेर्डिङ स्कुल र दिक्तेल फूटबल क्लबकाे आयाेजनामा प्रतियाेगिता शुरु भएकाे हाे ।

दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिकाका नगरप्रमुख तिर्थराज भट्टराईलाई उद्घाटन गर्नुभएकाे प्रतियाेगिताकाे पहिलाे खेल नेर्पा स्पाेर्टस् क्लब नेर्पा भर्सेस ईनरुवा फुटबल क्लब सुनसरी बिच शुरु भएकाे छ। खेल शुरुवात भएकाे १३ औँ मिनेट जाँदा नेर्पा विरुद्ध ईनरुवाले १ गाेल गरेकाे छ ।

प्रतियाेगिताका विजेता टिमले २ लाख ५१ हजार रुपैयाँ सहित शिल्ड प्रमाणपत्र पाउने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार