हेलिकप्टरले लडायो मोटर साईकल (भिडियो सहित)


दिक्तेल
पुस ७ बिहिबार/ खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलको स्थानीय हेलिप्याडमा पार्किङ गरिएको मोटर साईकल हेलिकप्टरको हावाले लडाउँदा क्षतिग्रस्त बनेको छ । साकेला गाउँपालिका ५ मात्तिमका अशोक राईको प्र १–०५–००१ प १५२९ नम्बरको एन एस २०० सिसिको बाईकलाई बिरामी लिन आएको हेलिकप्टरले लडाएको हो ।

करिब ७ मिटर अग्लो कान्लाबाट जिल्ला समन्वय परिसरको सडकमा खसेको मोटरसाईकलको अगाडि भाग क्षति ग्रस्त बनेको छ । हेलिप्याड सम्म जाने बाटोको भर्खरै ट्रयाक खुलेपछि अधिकांश मोटरसाईकल चालकहरुले हेलिप्याडमा पार्कीङ गर्न थालेका छन् ।

आकस्मिक बिरामी लिन आउने हेलिकप्टर अवतरण ठाउँमा अव्यवस्थित हिसाबले पार्कीङ गर्नाले क्षति भएको सर्बसाधरणले गुनासो गरेका छन् । लडेको मोटरसाईकलको बारेमा स्थानीय वासीहरु विच मुचुल्का गरी सम्बन्धित धनिलाई जिम्मा लगाई सकिएको प्रहरीले जानकारी दिएको छ ।

भिडियो ः–

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार