खाेटाङ (क) मा बीरवल राईकाे अग्रता कायमै

खाेटाङ जिल्ला प्रदेश (क) तर्फ बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका उम्मेदवार बीरबल राईकाे अग्रता कायम रहेकाे छ । उनले एमालेका पाँचकर्ण राई भन्दा ४० भाेटबढी मतान्तरले अग्रता कायम राखेका हुन् ।

जम्मा ८७६८ मत गणना गर्दा राईले ३२६६मत प्राप्त गरे भने उनकाे निकटका प्रत्यासी पाँचकर्ण राईले ३२२६ मत पाएका छन् । निर्वाचन कार्यलयका अनुसार जनता समाजवादीका राकेश राई ८५५मत सहित तेस्राे र नेकपा मालेका पदमप्रसाद आचार्यले ४५५ मत पाएका छन् । हाल सम्म ४६३ मत बदर भएकाे छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार