ट्याक्टर दुर्घटनामा परेर खार्मीकाे टेकबहादुर राईकाे मृत्यु

खाेटाङ, ११ असाेज। दिक्तेलबाट खार्मी जाँदै गरेकाे ट्याक्टर दुर्घटनामा एकजनाकाे मृत्यु भएकाे छ। जिल्ला सदरमुकामबाट व्यापारिक समान लिएर खार्मी जाने क्रममा अन्दाजी ५६ बर्षिय खाेटाङ खार्मिका टेक  बहादुर राईकाे घटना स्थलमै मृत्यु भएकाे हाे ।
दिक्तेलबाट नवीन बानीयाँ लगायतकाे पसलबाट व्यापारिक समान लिएर घर जाने क्रममा दुर्घटना भएकाे हाे । दिक्तेल रुपाकाेट मझेवागढी नगर पालिका २ साेल्मा डाडाँटाेलमा ट्याक्टरबाट खस्दा राईकाे ज्यान गएकाे स्थानीयले जानकारी दिए।

प्र. १.०२.००३ त १४९२ नम्बरकाे ट्याक्टरकाे क्याविनमा बसेकाे राई एक्कासी भुईमा झरेपछी दुर्घटना भएकाे बताईएकाे छ। दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिका वडा नं ११ साविक खार्मी गाविस वडा न. ६ देउसाली गाउँका राईले किनारा पसले गर्थे ।

चन्द्र बहादुर राईकाे छाेरा करसिं राईकाे नाति टेकबहादुर परिवारकाे माईला सन्तान हुन्। उनकाे शव पाेस्टमार्टमका लागि प्रहरीले जिल्ला अस्पताल पुर्याई सकेकाेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार