फुटबल संघले खोटाङको एक क्लब र एक क्याप्टेनलाई ग¥यो कारबाही

खोटाङ, २ असोज । जिल्ला फुटबल संघ खोटाङले जिल्लाको एक क्लब र टिम क्याप्टेनलाई कारबाही गरेको छ । खोटाङ जिल्ला फुटवल संघको असोज १ गते बसेको बैठकले जिल्लाको युवा जागरण क्लब दिक्तेल २ र माटिकोरे युवा क्लबका टिम क्याप्टेनलाई कारबाही गरेको हो ।

जिल्ला फुटबल संघ खोटाङका अध्यक्ष ध्रुवविक्रम राईले आईतबार एक विज्ञप्ती प्रकाशन गर्दै युवा जागरण क्लब र माटिकोरे युवा क्लबका टिम क्याप्टेन दिपक खत्रिलाई एक बर्षका लागि कारबाही गरिएको जनाएको छ । विज्ञप्तीमा जिल्ला स्थित समता युवा क्लव द्वारा मिति २०७९÷०५÷२५ गते वाट सञ्चालन भएको फुटवल खेलको सेमिफाइनल म्याचमा युवा जागरण क्लवका अध्यक्ष राजु आचार्य र माटिकोरे युवा क्लवका टिम क्याप्टेन खत्रीले गालि गलौज तथा अभद्र व्यवहार गरेकोमा कारबाही गरेको उल्लेख छ ।

सेमिफाइनल गेममा कोचको रूपमा रहेको राजु आचार्य र सेमिफाइनल म्याचको अघिल्लो खेलखेलि पराजय भएको टिम क्याप्टेन दिपक खत्रीले आयोजकका म्याच कमिश्नर र खोटाङ फुटवल संघका पदाधिकारीहरुले पटक पटक सचेत गराउदा समेत नमानेको विज्ञप्तीमा उल्लेख छ । यसरी खेलमा गलत हर्कत गर्ने क्लब र खेलाडीलाई जिल्ला फुटबल संघको समन्वयमा हुने कुनैपनि खेलहरुमा एक बर्षसम्म क्लबलाई सहभागी हुन तथा खेलाडीलाई खेल्न बन्देज गरिएको जनाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार