महिला जनप्रतिनिधीहरुलाई क्षमता विकास सम्बन्धि तालिम

खोटाङ, २ असोज । खोटाङ जिल्लाका जन निर्वाचित महिला प्रतिनिधीहरुलाई दलित महिला केन्द्र नेपालद्धारा क्षमता विकास सम्बन्धि तालिम शि–लिड्स संचालन गर्दै आएको छ । स्वीस सरकार विकास सहयोग एसडिसी र अष्ट्रेलियन एडको आर्थिक सहयोग र इन्टरनेशनल फाउन्डेसन फर इलेक्टोरल सिस्टम(क्ष्ँभ्क्)को प्राविधिक सहयोगमा तालिम भईरहेको हो ।

जिल्लाको आठवटा स्थानीय तहमा संचालन भईरहेको दोस्रो चरणको तालिम अन्र्तगत हलेसी तुवाचुङ नगरपालिकामा असोज १ गतेबाट शुरु भएको छ । असोज ३ गते सम्म संचालन हुने तालिममा संविधान सभाका सदस्य दुर्गाजयन्ती राई र लक्ष्मिकुमार राईले सहजिकरण गरिरहनु भएको शि–लिड्स जिल्ला संयोजक इन्दुकला राईले जानकारी दिनुभयो ।

खोटाङको केपिलासगढी र बाराहापोखरी गाउँपालिका बाहेक ८ वटा स्थानीय तहका १३९ जना निर्वाचित महिला प्रतिनिधीलाई तालिम दिन लागेको परियोजनाले १५ जना पुनःनिर्वाचित महिला जनप्रतिनिधिहरुलाई पनि तालिम दिने छ । यस दोस्रो चरणको प्रारम्भिक प्रशिक्षण मोड्यूल १ मा ८ पालिकाका १२४ जना महिला जनप्रतिनिधिहरु सहभागी हुने जिल्ला संयोजक राईले जानकारी दिनु भयो ।

यसअघि पहिलो चरणमा खोटाङको ५ ओटा पालिकाका ८९ जना निर्वाचित महिला सदस्यहरुले तालिम लिइसकेका छन् । असोज १ बाट संचालित तालिममा हलेसी तुवाचुङमा १९ जना महिला सदस्यहरु सहभागी रहेका छन् । नेतृत्व विकाससँग सम्बन्धित विभिन्न ८ ओटा विषयवस्तुमा सहजीकरण गरिने तालिम यस अघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिका सम्पन्न भई सकेको छ ।

जिल्लाको ऐसेलुखर्क, रावाबेसी, साकेला, दिप्रङ चुईचुम्मा, खोटेहाङ, जन्तेढुँगा गाउँपालिका तथा हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा संचालन हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार