साना सिँचाईको ८५ वटामा ६७ योजना सम्पन्न, ६४ वटा आगामी बर्ष थप हुने

भिम राई
खोटाङ, १ असोज÷ साना सिचाइँ परियोजना (sip) ले खोटाङमा एक हजार ११९ हेक्टर क्षेत्रफलमा सिचाइँ कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७८÷०७९ मा ८५ वटा परियोजनामध्ये ६७ वटा परियोजना सम्पन्न गरेको हो ।

परियोजनाले यस वर्ष १ हजार ४२१ हेक्टर क्षेत्रफलका खेतीयोग्य जमिनमा सिचाइँको सुविधा उपलब्ध गराउने योजना बनाएका थियो । जस मध्ये १८ वटा योजना सम्पन्न हुन बाँकी रहेको छ ।

यो सँगै ३०२ हेक्टर जमिनमा सिचाइँ सुविधा पु¥याउन बाँकी रहेको छ । परियोजनाको खोटाङ शाखाका अनुसार जिल्लामा १९ करोड २० लाख ६४ हजार २ सय ५२ रुपैयाँ बराबरको आयोजना संचालन गरेको छ । यस मध्ये नेपाल सरकारको तर्फबाट संघीय सरकारको तर्फबाट ४ करोड २२ लाख १ हजार ६ सय ३२ रुपैया, प्रदश सरकारको तर्फबाट ३ करोड, ६३ लाख ५२ हजार ४ सय ४८ रुपैया, स्थानीय सरकारको ३ करोड ५२ लाख ७३ हजार ८ सय ९८ रुपैया लागत रहेको छ । यसै गरी स्विस सरकारको (sip) मार्फत ५ करोड ४९ लाख ५ सय ४४ रुपैया लगानी रहेको छ भने स्थानीय उपभोक्ताहरुबाट २ करोड ३३ लाख ३५ हजार ७ सय २८ रुपैया बराबरको जनश्रम जुटेको छ ।

ग्रामिण भेगका साना तथा विपन्न किसानहरुको कृषि उपज उत्पादनमा सहयोग गरी नेपालको गरिबि घटाउने उदेश्यका साथ संचलानमा रहेको यस परियोजना खोटाङ जिल्लाको १० वटै स्थानीय तहमा संचालनमा रहेको छ । नेपाल सरकार र स्विस सरकारको साझेदारीमा संचालन भइरहेको यस परियोजनाका लगि यस आर्थिक बर्षमा ६४ वटा प्रस्तावित योजना संचालनको प्रकृयामा रहेको परियोजनाको खोटाङ प्रमुख रमा मगरले जानकारी दिनु भएको छ ।

जम्मा ९ सय २२ हेक्टर खेतियोग्य जमिनलाई सिंचित गर्नेगरी योजना बनेको तर स्थानीय दररेट नआईसकेकाले कुल लागत आउन बाँकी रहेको भएपनि यस आर्थिक बर्ष ०७९÷०८० मा करिब २६ करोड रुपैया बराबरको लागतमा जिल्ला भरी परियोजना संचालन हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार