कालोपत्रे सडक निर्माण अलपत्र, तत्काल निर्माणको काम नथाले आन्दोलनको चेतावनी

खोटाङ, १९ भदौ/ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ को टोलसुधार समितिले दिक्तेल खानीडाँडा रेग्मिटार सडक कालोपत्रे गर्ने कार्य तत्काल सूचारु नगरे आन्दोलनको घोषणा गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ज्ञापन पत्र बुझाउँदै समितिले यस्तो माग राखेको हो ।

हाटडाँडा टोल पूर्वाधार विकास तथा व्यवसाय प्रवद्र्धन समिति दिक्तेल टोल न. १ का अध्यक्ष किसन राईको नेतृत्वको टोलिले प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाई तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तिर्थराज भट्टराईलाई छुट्टाछुट्टै ज्ञापन–पत्र बुझाउँदै तत्काल सडक निर्माणको काम शुरु गर्न माग राखेको छ । विज्ञप्तीमा नगरपालिकाको वडा नं. १ स्थित हस्पिटललाई जिरो पइन्ट बनाई निर्माण कार्य शुरु भई स्थगित भएको दिक्तेल खानीडाडा रेग्मीटार जोड्ने १० किलोमिटर सडकको निर्माण कार्य तत्काल शुरु गरिनु पर्ने माग राखेको छ । एकवर्ष छ महिनामा सम्पन्न गर्ने ठेका स्वीकृत भएर लगभग ५० प्रतिशत काम सम्पन भएको सडक हाल अलपत्र रहेको छ ।

म्याद सकिएर पटक पटक थप गर्दै आएको भएपनि हालसम्म कामको सुचार नगरेको, विगतमा ल्यएका मेशिन तथा औजारहरू पनि (कसर मेसिन बाहेक) फिर्ता ठेकेदारले फिर्ता लगेको विज्ञप्तीमा जनाईएको छ । विज्ञप्तीमा वाकी रहेको कसरबाट उत्पादित गिटी समेत अन्यत्र विक्री वितरण गरी रहेको भन्दै यसको समेत विरोध गरिएको छ ।

टोल सुधार समितिले जनताहरूलाई बारम्बार ढाटछल गरि रहने वर्षायाममा हिलाम्मे र हिउदको समयमा धुलाम्मे भई जनस्वास्थ्यमा समेत गम्भिर खेलबाड गरिरहेको जनाएका छन् । ‘अलपत्र सड़को कारणले गर्दा, व्यापार व्यावसाय धरासाही हुनुका साथै हलेसि महादेवको मन्दिरमा दर्शनगरी मझुवागढी कालिका भगवतीको दर्शनमा आउने दर्शनार्थीलाई समेत आवत जावतमा समस्या छ ।’ विज्ञप्तीमा उल्लेख छ । उनिहरुले यसरी नै ठेकेदारले काम नगरी संबन्धित निकायले यसरी नै आँखा चिम्लने हो भने बाटो निर्माण सम्पन्न नहुने अवस्था देखिएको जनाएका छन् । विज्ञप्तीमा ‘आगामी २०७९ साल भाद्र २६ गते भित्र अलपत्र बाटोको निर्माण कार्य सुचारु गराउनको लागि यो ज्ञापन पत्र पेश गरेका छौं । उक्त समय भित्र कार्य पुनः सुचारु नभएमा वा काम सम्पन्न हुने कुनै प्रतिबद्धता प्राप्त नभएमा वा हुन नसकेमा हामी टोल बासीहरुले पुन दोस्रो चरणको आन्दोलन समेत गर्ने जानकारी गराउदछौ ।’ उल्लेख छ ।

 

टोलिले वडाअध्यक्ष नवराज राईलाई समेत ज्ञापन पत्र बुझाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार