एमाले खोटाङमा जुटेन सहमती, सबै आकांक्षीको नाम केन्द्रमै लैजाने

खोटाङ, १९ भदौ / नेकपा एमाले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनकालागि उम्मेदवारीका विषय खोजेको सहमति विफल भएको छ । प्रतिनिधीसभाको १ र प्रदेशसभा (क) १ सिटका लागि जुटाउन खोजिएको सहमती अन्तत सफल हुन नसकेको हो ।

पार्टी कार्यालय पुष्पलाल स्मृति भवन दिक्तेलमा भदौ १८ गते बसेको पार्टीको प्रदेश (क) स्तरिय निर्वाचन क्षेत्रिय समिति र जिल्ला कमिटिको बैठकहरुमा सहमतिको प्रयास गरिएको थियो । प्रतिनिधी सभा सदस्यको आकांक्षीहरुले आ–आफ्नो अडान कायमै राखेपछी बैठकले सबै आकाक्षीको नाम केन्द्रमा पठाउने सहमती गरेको छ । प्रत्यक्ष तर्फका आकांक्षीहरुमा प्रतिनिधिसभाका लागि पोलिटब्यूरो सदस्य विशाल भट्टराई, केन्द्रीय सदस्यहरु, खगेन्द्र राई, उषाकला राई र रमेश पौडेल, प्रदेश सदस्यहरु पाचँकर्ण राई ‘पिके’, राजन ढकाल र देवान राईको नाम रहेको छ ।

यस्तै समानुपातिकतर्फ, केन्द्रीय अनुशासन आयोग सदस्य कर्णबहादुर घले, जिल्ला कमिटी सचिवालय सदस्य रमेश परियार, जिल्ला कमिटि सदस्य राजकुमारी राई रहेको एमाले जिल्ला सचिव कुमार आचार्यले जानकारी दिनभयो ।

यस्तै प्रदेशसभा सदस्यकालागी प्रदेश (क)बाट १ सिटका लागि जिल्ला उपाध्यक्ष देवबिक्रम राई, प्रदेश समिति सल्लाहकार सर्वधन राई, जिल्ला सचिवालय सदस्य लीलानाथ निरौला र जिल्ला सदस्य अनिशा खनालको प्रत्यक्ष तर्फबाट दाबी रहेको थियो । आकांक्षी धेरै देखिएपनि सहमतिमा एकजनाको नाममात्र सिफारिस हुने एमालेले जनाएपनि प्रदेश (क)का लागि एकल उम्मेदवारीमा सहमती जुट्न नसकेको हो ।

यसैगरी समानुपातिक तर्फको उम्मेद्वारमा १० जना आकांक्षी रहेको सबैको नाम सिफारिस गरिने भएको छ । समानुपातिकतर्फ जिल्ला कमिटी सदस्यहरु अडिराम राई, उमा गुरुङ, दुर्गा पोखरेल, निर्मला आचार्य, मनिशोभा राई (माया), हिरा वन गिरि र सुवास राई आकांक्षी रहनु भएको छ । त्यसैगरी प्रदेश कमिटी सदस्य कमल बुढाथोकी, जिल्ला जेष्ठ कम्युनिष्ट मञ्च सदस्य चन्द्रसिंह बस्नेत र लेखा आयोग संयोजक श्यामकुमार पोखरेलको नाम रहेको एमालेले जनाएको छ ।

यस्तै प्रदेश (ख) मा भने एमालेका जिल्ला पार्टी अध्यक्ष रामप्रसाद दंगालको नाम सर्वसम्मत भएको छ । प्रदेखसभा (ख)मा अन्य नेताहरु कसैको पनि दाबी नरहेकाले दंगालकोमात्र एकल नाम प्रदेश समितिमा सिफारिस हुने भएको छ । समानुपातिक तर्फ प्रदेश समिति सदस्य दूधराज तामाङ, सचिवालय सदस्यहरु चर्चबहादुर विश्वकर्मा, दिलचक्र राई र गीतामायाँ राई तथा जिल्ला सदस्य भगवती प्रधानको नाम सिफारिस भएको एमाले खोटाङले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार