निर्वाचन घोषणासँगै खोटाङमा राजनीतिक चहल पहल

खोटाङ, १८ भदौ/ सरकारले मंसिर ४ गते संघीय र प्रदेश सभाको निर्वाचनसँगै जिल्लाको राजनीतिक चहलपहल शुरु भएको छ । खोटाङमा क्रियाशिल राजनीतिक दलहरुको बैठकहरु धमाधम बस्न थालेको हो ।

दुवै तहको निर्वाचनका लागि उम्मेद्वार छनौट गर्न दलहरुमा सकस परिरहेको छ । विशेष गरेर जिल्लाको प्रमुख प्रतिस्पर्धी दलहरुमा उम्मेदवार छनौटमा सकस रहेको छ । नेपाली कांग्रेस खोटाङमा सबै भन्दा आकांक्षीहरु देखिएको छ । प्रदेश (क) को उम्मेद्वारी सिफारिसका लागि नाम छनौट गरिसकेको नेपाली कांग्रेसको प्रदेश (ख) को उम्मेदवारी छनौटमा भने निकै ठुलो पापड बेलेको छ । जिल्लाको मात्तिम माने भञ्ज्याङमा १७ गते बसेको क्षेत्रीय समितिको बैठकले उम्मेद्वार छनौट गर्न नसकेपछि सदरमुकाम दिक्तेलमा सारेको छ ।

प्रदेश (क) मा भने कांग्रेसले प्रत्यक्षतर्फ नरेशकुमार श्रेष्ठ, जितेन्द्रसिं ठकुरी, विरकाजी राई, विश्वनाथ निरौला, धर्मराज पोखरेल, मनोज तिम्सिना, इवन राई र गोपाल सैंजुलाई सर्वसहमत सिफारिस गर्ने निर्णय गरेको छ । यसैगरी समानुपातिकतर्फ रोजन राई, दुरेन्द्रकुमार राई, पेशलकुमार राई, राजनशेर राई, हिराबहादुर निरौला, डिल्लीकुमारी आचार्य र देबी राईलाईको नाम सिफारिस गरिएको कांग्रेसले जनाएको छ ।

जिल्लामा सबै भन्दा अगाडि उम्मेदवार छनौट गरेर सिफारिस पठाउने राजनीतिक दल भने नेकपा एस खोटाङ परेको छ । नेकपा एसले प्रतिनिधी सभा सदस्यका लागि राजन राईको नाम सर्वसम्मत पठाउने निर्णय गरेको छ । यस्तै प्रतिनिधिसभा समानुपातिकमा जलसेर राई र संगीता राईको नाम सिफारिस गरिएको छ ।

प्रदेशसभा (क)मा प्रत्यक्षतर्फ बीरबलकाजी राई, उदयबहादुर कार्की, राजन आचार्य, भीम राई (बुईपा), भीम राई (बाम्राङ), विष्णु दाहाल, तेजबहादुर राई र समानुपातिकमा रमिला गुरुङको नाम गएको छ । त्यसैगरी प्रदेशसभा (ख)मा प्रत्यक्षतर्फ बबी चाम्लिङ, श्यामराज राई, नरेश राई, तारानाथ दाहाल, कुमार राई, परिवर्तन राई, बम खत्री, शम्भु घिमिरे र समानुपातिकमा अम्बिका राईको नाम सिफारिस गर्ने निर्णय गरिएको नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)ले जनाएको छ ।

त्यस्तै जनता समाजवादी पार्टी नेपाल खोटाङ प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ संघीय परिषद अध्यक्ष अशोक राई र डा. कृष्णकुमार (केके) राईको नाम सिफारिस गरेको छ । समानुपातिकतर्फ पर्शुराम बस्नेत, देवराज राई, तेजमायाँ राई, प्रेमकुमार राई र सुनिल चाम्लिङलाई सिफारिस गरेको छ ।

प्रदेशसभा (क)मा प्रत्यक्षतर्फ राकेश राई, नविन राई, विवेक राई, हेमन्त राई र मविन्द्र राई र समानुपातिकतर्फ तेजमायाँ राई, नैनबहादुर कट्वाल, बच्चु राई, कमानसिं राई र झुमा पोखरेलको नाम सिफारिस भएका छन् । प्रदेशसभा (ख)मा प्रत्यक्षतर्फ देबराज राई र प्रेमकुमार राई तथा समानुपातिक तर्फ रमेश राई, लालबहादुर राई, नैनकला राई, रबिन खम्बू र चक्रप्रसाद फुयाँललको नाम सिफारिस गरिएको छ ।

नेकपा एमाले खोटाङले भने भदौ १८ गतेको बैठकबाट छलफल शुरु गरेको छ । भने नेकपा माओवादी केन्द्रको बैठक २० गते बस्दैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार