पर्यटन प्रवद्र्धन समिति गठनप्रति सांसद बेखबर, व्यवसायी आक्रोशित

काठमाडौं । नेपाल भ्रमण वर्षलाई लक्षित गरी प्रदेश नम्बर एकमा गठन गरिएको समितिमा सोलुखुम्बु जिल्ला लगायत पर्यटकीय क्षेत्रबाट कसैलाई नराखिएकोमा पर्यटन व्यवसायी र जिल्लाबासीहरुले आक्रोस ब्यक्त गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गठन गरेको ‘नेपाल भ्रमण वर्ष २०२० प्रदेश स्तरीय पर्यटन प्रवद्र्धन समिति’ छुट्याइएको बजेट मिलेमतोमा बाँडफाँड गरी खाने नाममामात्र गठन भएको पर्यटन व्यवसायीहरुको आरोप छ ।
पर्यटन मन्त्रालयले गठन गरेको समितिबारे आफु अनभिज्ञ रहेको सोलुखुम्बु जिल्लाबाट प्रतिनिधिसभा सांसद हेमकुमार राई (सुरबीर)ले बताउनुभयो । ‘यो विषयमा हामीसंग कुनै समन्वय र जानकारी नै भएन ।’उहाँले भन्नुभयो, ‘सोलुजस्तो ठाउँलाई नसमेट्नु बदमासी हो, यसलाई सच्याउन पूर्ण प्रयास गर्नेछु ।’
पर्यटन मन्त्रालयले गठन गरेको समितिबारे आफुलाई कुनै जानकारी नभएको सोलुखुम्बु जिल्ला प्रदेश २ का सांसद बुद्धिकुमार राजभण्डारीले बताउनुभयो ।
विश्वकै छानो सगरमाथा अवस्थित जिल्लाबाट समितिमा एकजना नपर्नु हास्यासपद र विडम्बना भएको नेपाल फ्रेड फरवार्डस एशोसिएनका अध्यक्ष प्रकाशसिं कार्कीले बताउनुभयो । ‘माउन्ट एभरेष्ट रहेको सबैभन्दा धेरै पर्यटक आउने जिल्लाबाट एकजना पनि समितिमा नपर्नु बजेट छुट्याएर बाँडफाँड गरेर मिलाएर खाने काम मात्र हो अरु केहि हुन सक्दैन ।’ सोलुखुम्बु घर भई पर्यटन क्षेत्रमा लामो अनुभव बटुल्नु भएका कार्कीले सोलुखुम्बुबाट एकजना पर्यटन व्यवसायी नरहेको समिति आफुहरुलाई मान्य नहुने बताउनुभयो ।

नेपाल भ्रमण वर्ष २०२० लाई यो समितिले सार्थकता दिन नसक्ने पर्यटन व्यवसायी निलहरी बास्तोलाले बताउनुभयो । टे«किङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का द्वितिय उपाध्यक्ष समेत रहनुभएका बास्तोलाले विश्वकै उत्कृष्ट पर्वतीय विविधता बोकेको नेपालको पर्वतीय पर्यटन प्रवद्र्धन गर्नुपर्ने जिल्लालाई नसमेट्नु दुखत भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘यो समितिले नजानेर या विभेद नै गरेर समिति गठन गरेको देखिन्छ ।’

सोलुखुम्बुकै पर्यटन व्यवसायी आङपेम्बा शेर्पाले यस्तो समितिले भोजभतेर गर्ने बाहेक अरु केहि काम गर्न नसक्ने बताउनुभयो । समितिमा सोलुखुम्बु जिल्लाबाट एकजना पर्यटन व्यवसायी नपर्नु बदनियत भएको टानका महासचिव समेत रहनुभएका शेर्पाको भनाई छ ।

प्रदेश नम्बर एकको मुख्यमन्त्री संरक्षक रहेको २१ सदस्यीय ‘नेपाल भ्रमण वर्ष २०२० प्रदेश स्तरीय पर्यटन प्रवद्र्धन समिति’मा सोलखुम्बुबाट एकजना पर्यटन व्यवसायी पनि परेका छैनन् । पर्यतीय पर्यटनको विविधता बोकेको सोलुखुम्बु, ओखलढुंगा, ताप्लेजुङ, संखुवासभा लगायत जिल्लाबाट समितिमा कोही पनि परेका छैनन् । समितिमा झापाबाट ६ जना, सुनसरी २, मोरङ २, धनकुटा २ र ईलाम, पाँचथर, खोटाङबाट एकएक जना सदस्य रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार