साउनको पहिलो सोमबार हलेसीमा करिब ४ हजार दर्शनार्थी

खोटाङ । कोरोना कहरपछि त्रिधार्मिक स्थल हलेसी महादेव मन्दिरमा बोलबम मेला शुरु भएको छ । साउन महिनाको पहिलो सोमबार देशका विभिन्न स्थानबाट हलेसी आउने करिब ४ हजार जना तिर्थालु भक्तजनहरु हलेसी महादेवको दर्शनमा आएका हुन् ।

कोभिड – १९ को प्रभावले बन्द भएको मन्दिर खुलेपछि पहिलो पटक यति धेरै यात्रुहरु हलेसीमा आएको हलेसी सुचना तथा संचार केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिनुभयो । मन्दिर परिसरमा रहेको रेडर्क राख्ने मेसिनले करिब चारहजार जनाले मन्दिर प्रवेश गरेको तथ्यांक सुरक्षित गरेको छ ।

यस अघि हलेसी महादेव मन्दिरमा कोरोनाको कारण बन्द रहँदा करिब सवा करोड रुपैयाँ घाटा भएको हलेसी तुवाचुङ नगरपालिका वडा नं ७ का वडाअध्यक्ष कमल गिरिले बताउनु भयो । यस्तै भेटीघाटी जम्मा हुने र स्थानीयको व्यापार व्यवसायमा समेत ह्रास आएको थियो ।

हिन्दुधर्मावलम्बी भक्तजनको घुँईचो बढेको हलेसीमा विशेष गरेर बोलबमको समयमा तराईवासी भक्तजनहरुको भिडभाड बढ्ने गरेको छ । यो सँगै हलेसी बजार गुलजार बनेको छ ।

फोटोहरु

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार