माक्पाली कान्छा
खोटाङ । देशभक्ती भावले ओतप्रोत भएका गीत संगीतको अनिकाल लागिरहेको मौसम छ यो बेला । कला संगीतको खेति लगाउने खेतिवालाहरुले अहिले बजारमा टिकाउ होईन बिकाउ गीतको बिउ छर्छन, बिरुवा उमार्छन, फलाउँछन् अनि बजारमा बेच्छन् । अनि उभोक्ताहरुले त्यसलाई मात्र किनि दिनुपर्छ सु्नि दिनुपर्छ । अर्थात स्वदेश गानको सिर्जनामा खडेरी लागिहरेको छ ।
हतपतमा चटपटे गीत बजारमा यत्रतत्र छरिएका छन् । गीत भन्नु नै कि माया पिरती की धोकाघडीको भाव हो भन्ने जस्तो भान हुनेगरी नेपाली संगीतको बजार मौलाएको छ । उट्पयाङ शब्द र संगीतले बजार भरिभराउ भै रहेको यो युगमा एक प्रहरी प्रशासक भने देशभक्तीको अथाह सिर्जनामा हराउँछन् । व्यस्त समयको वाबजुद उनका सिर्जनाले देशप्रेमलाई अंगाल्छ ।
मुलुकमा राजनीति स्वार्थका कारण फैलिरहेको द्धैषपूर्ण भावले समाजलाई भ्रमित बनाई रहेको बेला जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक (डिएसपी) उमेश लम्सालको भावना भने उत्कृष्ट रहेको छ । उनले गीतको सिर्जना मार्फत देशप्रति चिन्ता व्यक्त गर्दछन् । आ–आफ्नो स्वार्थका लागी देशलाई तानतान गरिरहेको समाजलाई देख्दा आफु रहनु र नरहनुको कुनै अर्थ नभएको उनको अनुभति छ । उनकै सिर्जनाले बोल्छ ।
एक मुठी सास यो गए पनि जावस
म रहँ या नरहुँ यो देश रहि रहोस
कालापानी लिपुलेक सुस्तामा हुन्छु
सिमाना जंगे पिल्लर भएर उभिन्छु
तातोगोलि खान्छु बरु हार कहिले खान्न
एकै टुक्रा भुमि लुछि लानलाई दिन्न
गीतकार उमेश लम्सालको शब्द रचनामा रहेको उक्त गीतलाई हरि लम्सालले संगीत तथा स्वर भरेका छन् । किरण कंडेलको संगीत संयोजनमा रहेको गीतमा रचनाकारले देशको रक्षा गर्न आफुले मन्जुरी दिएका छन् ।
नेपाल प्रहरीमा जागीर जमाएका कुशल प्रशासक लम्साल प्रशासनमात्र होईन भावनापनि राम्रै चलाउने गर्दछन् । देशभक्ती पूर्ण गीत लेखनमा यतिमा मात्र डिएसपी लम्साललाई धित मरेको छैन । शब्दहरुको खेतिमा उतिकै माहिर देखिएका लम्सालको शब्दलाई एविडले संगीत भरेर सरोज कुमार थापाले ऐरेन्ज तथा स्वर दिएका छन् । ‘कोही भन्छन् मेचि मेरो’ बोलक गीतलाई कान्तिपुर रेडियो मार्फत बर्ष उत्कृष्ट गीतको रुपमा राष्ट्रिय अवार्ड २०७८ समेत प्राप्त भएको थियो ।
कोही भन्छन मेचि मेरो, कोही भन्छन् कालि मेरो
यसरी कहाँ देश बन्छ, , मेचिकाली जोडिएपो
बल्ल देश बन्छ
ब्राम्हाण, क्षेत्री, वैस्य, शुत्र पुरानो विभाजन
साना ठुला छैनौ कोही यो माटोका सन्तान
दाजुभाई दिदि बहिनि जात जाती रहे
फुल कहाँ फूल्छ फेरी फूलबारी नरहे