बागीलाई धमाधम कारवाही गर्दै कांग्रेस

खोटाङ/ नेपाली कांग्रेस खोटाङले स्थानीय तह निर्वाचनमा पार्टीको हित विपरित उम्मेदवारी दिने पार्टीका नेता तथा कार्यकर्ताहरुलाई धमाधम कारबाही शुरु गरेको छ । स्थानीय तहको निर्वाचनमा पार्टीको निर्णय विपरित उम्मेदवारी दिएका ३ जनालाई कांग्रेसले कारवाही गरेको हो ।

आगामी बैसाख ३० गते हुनगईरहेको स्थानीय तहको निर्वाचनमा ऐसेलुखर्क गाउँ पालिकाका लागि पार्टीको निर्णय विपरित बागी (स्वतन्त्र) उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेसका पालिका सभापति सन्तविर तामाङ कारवाहीको पहिलो भागिदार बनेका छन् । उनले पालिका प्रमुखमा बागी उम्मेदवारी दिएका थिए । उनलाई नेपाली कांग्रेसले आगामि ५ बर्ष सम्म पार्टीको साधरण सदस्य समेत नरहने गरी कारवाही गरेको छ ।

ऐसेलखर्क गाउँ पालिकामा सत्तासाझेदार दलहरुबिच गठबन्धन गर्दा नेकपा माओवादी केन्द्रलाई प्रमुख तथा नेपाली कांग्रेसले उप–प्रमुखमा निर्वाचनमा सहभागी हुने निर्णय भएको थियो । निर्णयलाई अवज्ञा गर्दै तामाङले प्रमुखमा वागी उम्मेदवार दिएर हाल स्वतन्त्र भईसकेका छन् ।

यस्तै खोटेहाङ गाउँपालिका ८ सिम्पानीमा वडा अध्यक्षमा वागी उम्मेदवार बनेका चन्द्रबहादुर थापालाई पनि नेपाली कांग्रेसले कारवाही गरेको छ । सत्ता साझेदार चारदलिय गठबन्धनका उम्मेदवार विरुद्ध वागी उम्मेदवार हालेका नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधि थापालाई ५ बर्ष सम्म पार्टीको साधरण सदस्य समेत नरहने गरी कारबाही गरिएको हो ।
यता दिप्रङ चुईचुम्मा गाउँपालिका ४ बतासेका राजेन्द्र राईपनि पार्टीको कारबाहीमा परेका छन् ।

नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधि रहेका राईले आफ्नै पार्टीका नेता विरुद्ध वडाअध्यक्ष पदमा वागी उम्मेदवारी दिएपछि उनलाई समेत ५ बर्ष सम्म पार्टीको साधरण सदस्य समेत नरहने गरी कारवाही गरिएको नेपाली कांग्रेस खोटाङ सचिव तथा अनुशासन विभागमा प्रमुख ज्ञानेन्द्र जोशी जानकारी दिनु भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार