जसपा नेपालले पाथेकामा गर्‍यो शुभकामना आदान प्रदान

किकोस
पाथेका, ३० चैत्र । जनता समाजवादी पार्टी नेपाल पाथेकाले नया बर्ष २०७९ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगर पालिका १० पाथेका वडा कमिटिको आयोजनामा कार्यक्रम भएको हो ।

जसपा नेपाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका कमिटि अध्यक्ष निर्मल राईको प्रमुख आथित्यतामा भएको कार्यक्रममा आसन्न स्थानीय तहको निवार्चनको बारेमा बिचार विमर्श भएको थियो । पार्टीको आन्तरिक जीवनमा भईरहेका ताजा घटनाक्रमका बारेमा बोल्दै अध्यक्ष राईले पहिचान र संघीयताको रक्षार्थ जसपा नेपालको विकल्प नभएको बताउनु भयो ।

कार्यक्रममा जसपा नेपालका जिल्ला सदस्य अग्नि प्रसाद राई, डिल्लि राज राई, प्रितिराज राई लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो । यस्तै शुभकामना आदान प्रदान कार्यक्रममा साविक वडाको सबै टोल कमिटिका प्रतिनीधि तथा सर्वसाधरणहरुको उपस्थिती रहेको थियो ।
पार्टी नेता पृथिराज राईको सभापतित्वमा भएको कार्यक्रममा निर्वाचित वडा अध्यक्ष मुगाधन राईले संचालन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार