दलितमाथी दुव्र्यवहार : छेकारो मारेर उजुरी

भिम राई
खोटाङ÷ दिक्तेल रुपाकोट मझुवागढी नगर पालिका कार्यपालिका सदस्य गंगाबहादुर विकले सदरमुकामको होटल शुभदिनमा अपमानित हुनु प¥यो । नगर पालिका प्रमुख दिपनारायण रिजालका स्वकीय सचिव विकल्प राई र नगरकै वडा नम्बर ८ का वडाअध्यक्ष लिला चौहानले उनलाई हातपात समेत गरेको समाचार कान्तिपुर दैनिकमा आयो । नगरपालिकाले कार्यकालको अन्तिम बैठकका रुपमा बोलाएको समिक्षा बैठक सकिन लाग्दा उनलाई राईले बाहिर लगेर हातपात गरेका थिए । त्यो पनि नगर प्रमुख, उप प्रमुख रहेकै ठाउँमा उनलाई अभद्र व्यवहार गरियो ।

घटनापछि आफुलाई अन्याय परेको भन्दै विक जाहेरी बनाएर जिल्ला प्रहरी कार्यालय पुगे तर त्यो दिन प्रहरी प्रमुख बाहिर भएकाले उजुरी दर्ता नहुने भएकाले भोलि आउनु भन्ने सल्लाह दिईयो । त्यसको भोलि पल्ट पिडित उजुरी लिएर पुग्दा अगाडि नै पिडकहरुले छेकारो मारेर जिल्ला प्रहरी कार्यलयमा उजुरी दिईसकेको भनियो । यसपछि दुवैतिर बाट उजुरी आएको छ । कि दुवै दर्ता हुन्छ कि बसेर आपसमा मिलाउनु भन्ने प्रहरी प्रमुखले सुझाए ।

यसपछि यो मुद्याको कुरा नै ढिसमिस गर्न राजनीतिक दलका नेताहरु लागे । एकातिर नगर प्रमुखकै अगाडि भएको घटनाले सबैलाई अफ्ठ्यारो पारेको थियो । जोगिन गरेको प्रयास स्वरुप रातारात यो योजना बुनियो । यो फागुन महिनाको ५ गतेको घटना थियो ।

यस्तै नगरपालिका कै वडा नं १२ जालपामा काठको ठेका, कठुवा जस्ता घरेलु सामग्री निर्माण गर्ने चन्द्र बहादुर विकले फागुन २८ गते दाँत फुटुन्जेल कुटाई खाए । उनी दिनभरी सामग्री बनाउने ठाउँ (भाँडी)मा बसेर बेलुकी घर फिर्दै थिए । उनले गाउँ भन्दा तल नगरपालिकाकै वडा नं ११ खार्मी र जालपाको सिमानामा पर्ने लुम्जु खोलामा थापेका छन् । उन बेलुकी घर फर्कदा कादेल हुँदै निस्कनु पर्छ । उनि फर्किने क्रममा बाटोमा हिराधन राईको घरमा केही युवाहरु छलफलमा थिए ।

खासगरी नेकपा माओवादी केन्द्र निकट युवाहरुको भेला थियो । त्यहि भेलामा विपक्षी पार्टी एमालेका केही युवाहरु मादक पदार्थ सेवन गरेर हो–हल्ला गरिरहेको थिए । एक गाउँका युवाहरु साईनोले पनि भतिजहरु नै भएकाले ५२ बर्षिय चन्द्र विकले गाउँकै भाईहरु भनेर सम्झाउन खोजे । उनले यसो नगरे हुने एउटै गाउँ ठाउँको मान्छे मात्र भन्दै थिए । उनलाई एक्कासी “यो कामी दमाईले टेर्न छाडे’ भन्दै स्थानीय चमार भन्ने पुर्णबहादुर राई लगायतका युवाहरुले कुटपिट गरे ।

उनी राती नै ज्यान जोगाउन भागेर गाउँकै एक घरमा लुकेर बसे । चन्द्रको अगाडि पट्टिका दुईवटा दाँत फुट्यो । राती निकै सारो दुखेपछि घरमा फोन गरेर भाईभतिजहरुलाई लिन आउनु भने । उनलाई राती नै जालपा सामुदायी अस्पतालमा पु¥याईयो । अस्पतालले दाँतको उपचार संभव नभएकाले थप उपचारमा काठमाडौँको टिचिङ हस्पिटल लैजान रिफर ग¥यो । उनि उपचारको क्रममा छन् ।

यसको लगतै ३० गते उनका भतिज ओमराजले जिल्ला प्रहरीमा अभद्र व्यवहारको जाहेरी लिएर पुगे । त्यसमा पनि प्रहरीले अर्काे पक्षले निवेदन दिईसकेको भन्दै उजुरी लिन मानेन । यसमा पनि राजनीतिक दलका नेताहरुले लाम लागेर गए । चन्द्र विकको पक्षमा बोलिदिने सम्म मान्छेको अभाव रह्यो ।

यसभन्दा अगाडि यसै नगरको लफ्याङ र विजयखर्कमा समेत यस्तै घटना भएका छन् । दलित समुदायको व्यक्तिहरु विनाकारण कुटाई खानुपर्ने र हेपिनु पर्ने जस्तो देखिएको छ । सामाजिक हिसाबले होस या राजनीतिक कारणले यो समुदाय पिडितहरुलाई राहत हैन थप पिडादिने काम भईरहेका छन् । खाशगरी केही राजनीतिक आडम्बर र आदर्शमा रहेका व्यक्तिहरुले व्यवहारिक रुपमा छेकारो काटेर आफ्ना अदलित मान्छे जोगाउन कोशिस भईरहेका छन् ।
रातारा बनीबनाउ मुद्याहरु तयार पार्नेकाम भईरहेका छन् । प्रहरी प्रशासनलाई गुमराहमा राखेर आफ्ना समर्थक तथा शुभचिन्तकलाई जोगाउन सामाजिक अपराधका कामहरु भईरहेका छन् । उनिहरुको उजुरी आउने स्थान प्रहरी प्रशासनमा हो । प्रहरी प्रशासनले समेत यसमा उदारता देखाएको पाईदैन । उजुरी पिडित या पिडक पक्ष दुवैपक्षबाट आएपनि स्थलगत अनुसन्धानको अभाव छ । उजुरी दर्ता हुन सकेन कानुनी बाटोमा जान सकेन भने एकआपसमा छलफल गर्ने वातावरण मिलाउन प्रहरीको दायीत्व हो । समाजमा शान्ति सुरक्षाको प्रत्याभुत गर्न प्रहरीले छलफल गराएर पिडितलाई प्रोत्साहन र पिडकलाई निरुत्साहीत गर्न पर्दैन र ?

यस्तै किसिमको वातावरण निर्माण हुँदै जाने हो भने अव झन समय जटिल बन्दै छ । दलित समुदायको मुद्यामात्र होईन अरु अरु विषयपनि उतिकै भएर आउँदै छन् । राजनीतिक माहोलको सिजन शुरु भईकेको छ । यस्तो सिजनमा राजनीति दलका नेता तथा कार्यकर्ताहरुको कार्यशैलि र सामाजिक जिम्मेदारी जे भएपनि कसैले वेद पढेर बसि रहने फुर्सत निकाल्ने छैनन् । यो बेला जिल्लाको शान्ति सुरक्षा र अमनचैनको कुरा के हुने होला सबैलाई अहिले चिन्ताको विषय बन्न पुगेको छ । सकेसम्म सबैले यतातिर ध्यान दिन पो पर्छ की ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार