खाेटाङमा एमाले परित्याग गरि माओवादी केन्द्रमा प्रवेश

किकाेस
दिप्रुङ चुईचुम्मा । खाेटाङमा विभिन्न पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश शुरु भएकाे छ। जिल्लाकाे दिप्रुङ चुईचुम्मा गाउँपालिका बतासेमा नेकपा एमालेकाे गाउँपालिका कमटि उपसचिव सहित नाै जना माओवादी केन्द्रमा समाहित भएका हुन्।

नेकपा एमाले दिप्रुङ चुईचुम्मा गाउँपालिका कमिटि उप सचिव विजय राई, पालिका कमटि सचिवालय सदस्य तथा युवासंघ जिल्ला सदस्य प्रतीक राई, पालिका सचिवालय सदस्य मछिन्द्र राई, वडा कमिटि बतासेका उपसचिव नरसिं राई, पालिका सदस्य अमित राईले माओवादी केन्द्रमा समाहित भएकाे एक विज्ञप्तिमा जनाएका छन् । यस्तै बतासेमा नै नेपाली कांग्रेसका जन्मजय राई, सुजना राई, मिना राई र राप्रपाका सरिता राई समेत नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

यस्तै जिल्लाकै खोटेहाङ गाउँपालिकम ४ वडकामा पनि  ५ जनाले माओवादी केन्द्रमा प्रबेस गरेका छन् । प्रवेश गर्नेहरुमा हेमराज गेलाल ,गणेश बिष्ट ,केसर महतारा, कल्याण बुढाथोकि र सुमन रागुत लगाएत रहेकाे नेकपा माओवादी केन्द्रले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार