परम्परा भन्दा माथी उठ्ने नाममा खोक्रो आदर्शवादी नबनौँ

 

उहिले काठमाडौँलाई नेपाल भनिन्थ्यो । हाम्रो गाउँबाट नेपाल जान अर्थात काठमार्डौ जान सात दिन हिँडेर जानुपथ्र्यो । खोटाङबाट ओखलढुँगा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक हुँदै सात दिनमा ठ्याक्कै काठमाडौँ ।’ अहिले गाउँघरमा भेटिने ८० बर्ष कट्नु भएका वृद्धाहरुले यो कुरा सुनाउँदा हो र ? भन्ने लाग्दछ । केही बर्ष अगाडि सम्मपनि त नुन्तेलका लागि १० दिनको समय निकालेर ढाकर र टोक्मा, ओड्ने ओछ्याउने, खाजा सामल सबै बोकेर परदेश लाग्ने समय थियो ।                                                        गाउँबाट चारपाङ्ग्रे या दुई पाङ्ग्रे सवारी साधन देख्नलाई तीन दिन मरिहत्ते हिँड्नु पर्ने बाध्यता र भोगाई धेरै पहिलेको कथा हुँदै होईन । बाटैमा बास खोजेर बस्ने, खुल्ला आकाशमुनी अगेनु बनाएर खाना खाने चलन हटेको धेरै बर्ष वितेको छैन । र तयी सब अहिले कथामा परिणत हुँदै छन् ।
बर्षभरी खाने नुनतेल, बर्षभरी कुपि बाल्ने मटितेलको जोहो गर्न १० दिन लाग्ने समय अहिले सरदर १५ देखि २० मिनेटमा झरेको छ । जतिसुकै दुर भनिएका भएपनि गाउँमा एउटा दुईटा त्यस्तै किसिमका पसलहरु रहेकै छन् । उहिले जस्तो भरिया र खच्चडले ल्याएको समान होईन अहिले गाडिले समान घरघरमा थुपारिदिएको छ । अहिले हामी नेपाल जान अर्थात काठमाडौँ जान ७ दिन होईन ७ घण्टामात्र यात्रा गरे पुगिन्छ । तीनदिन लगाएर हेर्न पुगिएको मोटर गाडी अहिले ५ ÷५ मिनेटमा देख्न पाईन्छ । उस्तै पर्दा चढ्न पाईन्छ । भने अब यी अवसर कस्ले दियो ? अब विचार चेतनाको विर्को खोल्नु पर्ने बेला त आकै हो । त्यसबेलाको शासक वर्गाको विवेकले काम नगर्दा नै यस्तो सब भएका थिए । यसो भनेरमात्र हामी उम्कन पाउने अवस्थामा हामी रहेनौँ । यसमा हामी सर्वसाधरण भनिएकाहरुको पनि त उतिकै दोष छ ।
शिक्षा, स्वास्थ्यको कुरमा अहिले आलिशान छ । तर त्यसबेला अभाव थियो । शासकहरुले बुद्धी पुराउँदैनन् तर हाम्रो चेतनामा पनि उसैगरी विर्को लगाईयो । समस्या त्यतै शुरु भयो तर दुख यहाँसम्म आईपुग्यो । अहिलेपनि हामी खास सप्रेका छैनौँ । विज्ञान र प्रविधिले हामीलाई विश्वसँग प्रतिस्पर्धा गर्न तयार हौ भनेर आग्रह गरिरहेको छ । तर हाम्रो चेतना अहिलेपनि अरुको कुरा काटेर, अर्कैलाई गालिगलौज गरेर समय विताई रहेका छौँ । प्राप्त उपलब्धीको रक्षा गर्न हामी तयार छैनौ । आजको शासकीय स्वरुपमा आईपुग्दा हामी पहिलेका परिश्रमी सन्तानहरु अहिले आधुनिकताले जकल्टिएको खोक्रो आदर्शवादी, उपभोक्तावादी मतियार बनेका छौँ । यसलाई अब विचारकै तहबाट साना भन्दा साना विषयमा बहस तथा छलफल गरेर नया ढँगले सोच्नु पर्छ सौचौँ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार