माओवादी केन्द्रले खाेटाङमा ताेक्याे जिल्ला संयाेजक र पालिका ईन्चार्ज

cpnmc

किकाेस

खाेटाङ। नेकपा माओवादी केन्द्र प्रदेश नम्बर १ काे बैठले खाेटाङ जिल्ला समन्वय समिति संयाेजकमा दिपक पाण्डे आकाश र सचिवमा जीवन राई संगिनलाई जिम्मेवारी प्रदान गरेकाे छ। यस्तै जिल्लाकाे १० वटै नगर तथा गाउँपालिकामा ईन्चार्ज तथा सहईन्चार्ज समेत ताेकेकाे छ।

पालिका ईन्चार्जहरुमा बाराहा पाेखरी गाउँ पालिका ईन्चार्ज कमरेड निशाना राई, जन्तेढुँगा ईन्चार्ज कमरेड अरुणा राई सहईन्चार्ज बीरवल किराँती र राजकुमार बिष्ट, खाेटेहाङ गाउँपालिकामा ईन्चार्ज कमरेड उदिम बान्तावा मुक्ति सह ईन्चार्ज शुसिला बान्ताव र ईन्द्र नाराथुङ्गे, दिप्रुङ गाउँपालिकामा ईन्चार्ज कमरेड अजम्बर राई र सह ईन्चार्ज लक्ष्मिकुमार राई, साकेला गाउँपालिकामा ईन्चार्ज कमरेड अर्जुन खड्का झंकार र सह ईन्चार्ज बिर्सिका राई रहनु भएकाे छ ।

यस्तै दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिकामा ईन्चार्ज कमरेड हाेमकाजी आचार्य विनाेद र सह ईन्चार्ज कमरेड विकास राई, हलेसि तुवाचुङ नगरपािलका ईन्चार्ज कमरेड हस्त बहादुर राई आमाेद, सह ईन्चार्ज कमरेड चईन्द्र राई आक्राेश, रावावेसी गाउँपालिकामा ईन्चमर्ज सिताराम अधिकारी भुमि, ऐसेलुखर्क गाउँपालिकामा ईन्चार्ज कमरेड श्रीबहादुर राई र सह ईन्चार्ज कमरेड श्रीमबहादुर राई रहनु भएकाे छ।  यस्तै केपिलासगढी गाउँपालिकामा भने हाल जिल्ला समन्वय समितिले नै हेर्ने गरि प्रदेश समितिले निर्णय गरेकाे जिल्ला संयाेजक आकाशले जानकारी दिनु भयाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार