गजल : बदमास बतास

बतास

यी धुवाँहरु त बलेकै जाती
खरानी भएर जलेकै जाती

मान्छे रुवाएर फैलिन खाेज्ने
यी भँडुवाहरु त मरेकै जाती

स्वार्थ पूरागर्न जनता ढाँट्ने
यी ढँटुवाहरु त लडेकै जाती

हुरी बतास भएर जनता रुवाउने
यी लठुवाहरु त डढेकै जाती
– भिम राई (माक्पाली कान्छा)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार