पुननिर्माण प्राधिकरणले सार्वजनिक गर्यो वार्षिक प्रगती विवरण

#प्राधिकरण

खोटाङ, २४ असार । नेपाल सरकारको पुननिर्माण प्राधिकरण दिक्तेल खोटाङले जिल्लामा भईरहेको पूर्वाधार विकासका बारेमा गरिएका गतिविधीहरुको जानकारी दिएको छ । बिहिबार सदरमुकाम दिक्तेलमा पत्रकारहरुसँग अन्तरकृया गर्दै जिल्लामा भईरहेको विभिन्न योजनाहरुको जानकारी दिएको हो ।
प्राधीकरणका अनुसार निजी आवास अनुदान, जोखिमयुक्त बस्ति÷भूमिहिन÷जोखि वर्गलाभ ग्राहीको अवस्था, वातावरण तथा सामाजिक सुरक्षण कार्यक्रमलगायतको शिर्षकमा आएको बजेट र भएका कार्यक्रमको बारेमा जानकारी गराईएको छ । यसका साथै जिल्लामा सञ्चालन भएका सडक, पुल, भवन निर्माणको अवस्था सार्वजनिक गरिएको हो ।
प्राप्त विवरण अनुसार नीजि आवास अनुदानमा हाल सम्म पहिचान भएका पुननिर्माण तर्फ ९ हजार ३१० परिवार र प्रवलीकरण तर्फ ९ सय ७१ परिवार गरे जम्मा १० हजार २८१ रहेको छ । जसमध्ये सम्झौता भएको ९५.८३ रहेको छ । यसमा जम्मा ४२८ घरपरिवार सम्झौता गर्नै नआएको प्राधिकरणले जनाएको छ । यसमा रकम फिर्ता गर्ने १ जना रहेका छन् । भने दोहोरो भुक्तानी लिएकाले फिर्ता भएको ३ जना यस्तै अन्य बैंक सन्ड्री लगायत मार्फत १५३ जनाको फिर्ता भएको छ । यस्तै जोखिमवर्गका लाभग्राही ३९ परिवार मभ्ये ३७ परिवारले सम्झौता गरेका छन् ।
अन्तरकृयामा पछिल्लो पटक पुनारावेदनमा परेको २ हजार ८०० जना मध्ये हाल १ हजार जनाको सुनुवाई भएको र २४२ जना लाभग्राही कायम भएकाले आउने आर्थिक वर्ष सम्झौता हुने तयारीमा रहेको छ । यस्तै प्राधिकरण मार्फत निर्माण भईरहेको दिक्तेल – खानीडाँडा– रेग्मिटार सडकको काम करिब ६० प्रतिशतले सम्पन्न भएको जनाईएको छ ।
प्राधिकरणका अनुसार ३ वटा गुम्बा निर्माण गर्नुपर्नेमा दुईवटा गुम्बा निर्माण उपभोक्ता समिति गठन भई सम्झौता भईसकेको छ । थेकछोक मेन्ट्रोल सामताङ छोलिङ गुम्बा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ मा निर्माण भईसकेको छ भने ऐसेलुखर्क गाउँपालिका ३ मा बुद्ध छ्योलिङ गुम्बाको काम अन्तिम चरणमा रहेको छ । एउटा योजना भने टेण्डर प्रकृयामा रहेको छ ।
यस्तै प्राधिकरणले आधुनिक चुल्हा निर्माण गर्ने, वृक्षारोपण गर्ने लगायत वातारण तथा सामाजिक सुरक्षण कार्यक्रमहरु समेत सम्पन्न भईसकेको अन्तरकृयामा सार्वजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार