कविता : त्याे पर्दैन हि हि ..

त्याे पर्दैन

साेनाम सज्जन किराती

निसन्देह त्याे पर्दैन
हिहिहि त्याे त पर्दै पर्दैन
किन भने सत्य सत्ता हाे
शहिदहरु प्रति प्रतिज्ञा गर्नु पर्दैन
र त श्रीमान गुमाउनेले
अर्काे श्रीमान राख्न पाउछ
बरु त्यस्ताे प्रतिज्ञा हुनु पर्छ

त्याे त तुच्छ भनाइ हाेला
तर अबैधानिकतालाई बैधानिता बनाउन
कुनै प्रेमलापहरुले राेक्दैन
त्यसैले पर्दैन
हिहिहि पर्दै पर्दैन

जनता चाहिन्छ
जनताको समस्या पर्दैन
किन पराेस पनि
उनका अबैधानिक रसलिलाहरुले
एककाे श्रीमान दाषढुङ्गामा हुत्याईन्छ र
नारायणीमा मिसाईन्छ
अनि माअाेवादीलाई दाेष लगाईन्छ

अनि त झन पर्छ र
पर्दै पर्दैन त्यति भएपछि
अाफुलाई लागेको दाेष सल्किरहन्छ
जाे जस्काे बिरुद्ध छ
तिनीहरुकाे निम्ति पर्छ
सदन र मदनकाे हत्यारालाई
त झन पर्दै पर्दैन
हिहिहि पर्दैन
हिहिहि त्याे पर्दैन ।।।।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार