हलेसी तुवाचुङमम वाईसियलकाे नगर समिति

वाईसियल हलेसी तुवाचुङ

चाैथाेअंग
हलेसी, १५ बैसाख । नेकपा माओवादि केन्द्र निकट युवाहरुकाे संगठन वाइसियल नेपालको हलेसी तुवाचुङ नगर समिति गठन गरिएको छ । जिल्ला पार्टी खोटाङको अध्यक्ष पृथ्वी किरातिको प्रमुख आतिथ्यमा भएको नगर भेलाले ४१ सदस्य वाईसियल समिति गठन गरिएको हाे ।

पार्टीका स्थानीय जिम्मेवार नेताहरुकाे समेत उपस्थितिमा भएकाे भेलाले अध्यक्षमा सुजन राईलाई चयन गरेकाे छ । यसैगरी उपाध्यक्ष पास्चर जेन्स राइ, सचिब सुनिल बस्नेत सहित २ उपाध्यक्ष, १ सचिब, ३ सहसचिव र १ कोषाध्यक्ष सहित ९ जना पदाधिकारी सहित ३२ सदस्य रहेको समिति तयार गरिएको नगर इन्चार्ज सुजेन राइले बताए ।

आगामी ५ बर्षे कार्ययोजना सहित नगरमा कम्युनिस्ट पार्टीलाई स्थापित गर्ने कार्यक्रममा बताईएकाे छ । युवाहरुले राजनीतिक रुपमा सचेत हुँदै समाज परिवर्तनकाे अग्रदस्ताका रुपमा उभिन समितिले काम गर्नु पर्ने वाईसियल जिल्ला ईन्चार्ज राजुविक्रम राईले बताए । उनले संगठनलाई क्रियाशिल बनाउँदै अागामी दिनमा जिल्लाको नेतृत्व लिने तयारिका साथ लाग्न समेत अनुराेध गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार