वडाअध्यक्ष पाखुरा सुर्काउने सदस्य ढुँगा बर्षाउने

सान्तविर / जयकुमार तामाङ

भिम राई

केही समय अगाडि ऐसेलुखर्क गाउँपालिकाको वडा नं २ बाकाचोलको वडा कार्यलयमा स्थानीय समुदायले ताला झुण्ड्याए । ताला लगाएको खबर जिल्ला सदरमुकाम दिक्तेलसम्म पुग्यो । बाकाचोलको विस्काम खोला मुहानगरि ऐसेलुखर्क गाउँपालिकाको वडा न ३ सम्म पानी ल्याउने डिपिआर तयार भएको विषय विवादको मुल विषय रहेको थियो । संघीय सरकारको तर्फबाट ऐसेलुखर्क गाउँपालिकाले दिएको निवेदनको आधारमा विस्काम खोला मुहानगरी खानेपानी आयोजना संचालन गर्न गोप्यरुपमा डिपिआर तयार पारिएको स्थानीयको आरोप थियो ।

घटनाक्रम केही महिना अगाडिकै हो । त्यसैबेला स्थानीयले वडामा रहेका सबैलाई समेटेर एउटा सरोकार समिति समेत बनाएका थिए । वडा सदस्य जयकुमार तामाङको समेत सक्रियतामा सरोकार समुह गठन भएको थियो । उनिहरुले त्यसबेला गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका थिए । ध्यानाकर्षण पत्र आएपछि पालिका प्रमुख विश्व निरौला, उपप्रमुख पुष्पकला भुजेल, वडा नं २ का वडा अध्यक्ष सन्तवीर तामाङ लगायतको टोलीसँग छलफल समेत गरेका थिए । छलफलका क्रममा उक्त मुहानको पानी कुनै हालतमा ऐसेलुखर्क नल्याईने पालिका प्रमुख तथा वडाअध्यक्षले आश्वासन दिएका थिए । यसपछि सरोकारवालाहरु पछाडि हटे र तत्काललाई आन्दोलन ट¥यो ।

त्यसबेला सरोकारवालाहरुले उठाएको विषय विस्काम खोलाको मुहान गरेर पानी अन्यत्र लैजाँदा पानीको शिरकट्टा हुने, खेतियोग्य जमिनहरुमा सिँचाईको अभाव हुने, स्थानीय समुदायले बालिरहेको लघुजलविद्युत्त आयोजनामा असर पुग्ने भएकाले सो पानीको मुहान दिन नमिल्ने बताएका थिए । उनिहरुको यहि मागको सम्बोधन मौखिक रुपमा जनप्रतिनिधीहरुले मानेपछि उनिहरु चुपचाप लागेका थिए । त्यहिबेला उनिहरुले उक्त खानेपानीको डिपिआर तयार पार्दा पालिका अध्यक्ष र वडाअध्यक्षले आफुखुशी गरेको समेत आरोप लगाएका थिए ।
आरोप प्रत्यारोपको विचमा पालिकाबाट कुनैपनि हालतमा विस्काम खोला नचलाउने भनेपछि मत्थर भएको स्थानीय सरोकारवालाहरु चुपै लागेर बसेका थिए । पछिल्लो समयमा आएर आयोजनाको डिपिआर सकिएकाले संघीय सरकारको तर्फबाट लगभग तीन करोडको आयोजनाको पहिलो किस्ता वापत ५० लाख रुपैयाँ रकम निकासा भयो । यो थाहा भएपछि फेरी सरोकारवालाहरु तातिए । यस पटक भने उनिहरुको अर्को पनि माग थपियो ।

उनिहरुले विस्काम खोलाको पानी त कुनै हालतमा नदिने भन्ने छँदै थियो । यहि मेसोमा संघीय संसदको संसदीय विकास कोषमार्फत बादेल विस्काम सडकमा परेको रु १० लाख रुपैयाँको उपभोक्ता समिति गठनको पनि प्रश्न उठाए । यो सडक निर्माण गर्न वडाअध्यक्ष सन्तवीर तामाङले एकलौटी सुर्यबहादुर राईको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेकाले खारेज हुनुपर्ने माग समेत थपेर दुईवटा माग लिएर आन्दोलनको शुरुवात भयो ।

सरोकारवाला समुह गठन गरेर स्थानीयले चैत्र ४ गते दुईबुँधे माग पत्र सहित गाउँपालिकामा संयुक्त निवेदन दिए । जिल्ला प्रशासन कार्यालय खोटाङ, जिल्ला समन्वय समिति खोटाङ र इलाका प्रहरी कार्यालय ऐसेलुखर्कलाई बोधार्थ दिएर निवेदन पालिका प¥यो । पालिका प्रमुख विश्व निरौला पालिका बाहिर भएकाले तत्काल छलफल हुन सकेन ।

पालिका प्रमुख निरौला पालिकामा फर्किएपछि चैत्र ११ गते सरोकार वालाहरुलाई सम्बोधन गर्दै पालिकाले छलफलका लागि आव्हान ग¥यो । १२ गतेका दिन छलफलमा उपस्थित हुन पत्र पठाएको जानकारी बोधार्थका रुपमा जिल्ला प्रशासन कार्यालय, खोटाङ, इलाका प्रहरी कार्यालय ऐसेलुखर्क र २ नम्बर वडा कार्यालय बाकाचोललाई समेत पालिकाले पत्र पठायो ।

तर चैत्र ११ गते लेखिएको पत्र स्थानीय सरोकारवालाहरुको हातमा पुगेन । ११ गते पत्र लेखेर १२ गते वार्तामा बोलाईएको पत्र बोधार्थका रुपमा पठाईएका सबै कार्यालयमा पुग्यो । तर सरोकारवालाहरुलाई जाने पत्र बाटैमा गायब भयो । आधिकारिक कुनै जानकारी नपुगेपछि सरोकारवालाहरु आक्रोशित बन्न पुगे । उनिहरुले कुनै हालमा आफ्नो माग पुरा गराई छाड्ने दाउमा लागे ।

पालिकाले आफुले खबर गरेपछि पनि सरोकारवालाहरु नआएको भन्दै ताला खोल्ने योजना बनायो । यसैविच वडाकार्यालयको तर्फबाट बाकाचोलमा सरोकारवाला बाहेकका मानिसहरु जम्मा गरेर एउटा कार्यक्रम गर्ने वडा अध्यक्ष तामाङले योजना बुने । चैत्र १४ गते उनिहरुले ताला पनि खुल्ला गर्ने र केही सार्वजनीक भाषण भुषणको पनि कार्यक्रम राखेपछि सरोकारवालाहरुलाई निर्णायक आन्दोलनमा धकेल्यो ।

चैत्र १४ गते शनिबारको दिन परेकाले सरोकारवालाहरुले स्थानीय चित्रे भञ्ज्याङमा यातायातको साधनलाई अवरोध गर्ने आन्दोलनको कार्यक्रम राखे । सबै व्यवसायीहरुलाई खबर गरेरै उनिहरुले सवारी साधन नल्याउन भने । दुवैतीर कार्यक्रमको तयारी भएपछि अवस्था झडपको हुने आशंकामा ऐसेलुखर्कमा सुरक्षाकर्मीको सँख्या जिल्लाबाट थपियो ।

आन्दोलनकारीले चित्रे भञ्ज्याङ कब्जा गरेको.खबर पाएपपिछ गाउँपालिका अध्यक्ष निरौलाले आफु निकटस्थ केही व्यक्तिहरुसँग बसेर सरोकारवालाहरुको माग सम्बोधन गर्ने निर्णय गरे । उनले शनिबार सरोकारवालाहरुलाई सम्बोधन गरेर विस्काम खोला मुहान खानेपानी रद्ध गर्ने, विस्काम सडक उपभोक्ता समितिको वडा कार्यलयमा यस अघि भएको सहमती बमोजि पुनः उपभोक्ता समिति गठन गर्ने निणय भएको पत्र प्रहरी मार्फत चित्र भञ्ज्याङ पठाए ।
पत्र प्राप्ती पछि सरोकारवालाहरु वार्तामा जाने र निर्णय कार्यान्यनका प्रकृयाहरुको थालनी गर्ने तयारी गरिरहेका बेला वडा कार्यलयमा भेला भएका सरोकारवाला बाहेकका समुहले विना सहमती तालो तोडे । यसले वार्ताको वातावरण भांँडियो । वार्ताका लागि गाउँपालिका आउन लागेको सरोकारवाला समुह पुरै तयारीका साथ मुठभेड हुन सक्ने आंकलन सहित वडा कार्यलय बाकाचोल पुग्यो ।

घटनाको बारेमा सुरक्षाकर्मीहरु जानकारी रहेकैले सुरक्षा टोली र पत्रकारको टोली समेत बाकाचोलको वडा कार्यालय पुग्दा वडाअध्यक्ष सान्तवीर तामाङका पक्षका समुदायले ताला खोलि सकेको र कार्यलय अगाडि भाषण गरिरहेका थिए ।
सरोकारवाला समुह पगेपछि स्थिति तनावग्रस्त देखियो । सरोकारवाला समुहमा नेतृत्व गरिरहेका नन्द तामाङ, प्रेम तामाङ, निर तामाङ भलाकाजी राई, गोपाल पुरीहरु निकै आक्रोशित देखिन्थे । यो समुहको समग्र नेतृत्व २ नम्बर वडा कै वडा सदस्य जयकुमार तामाङले गरिरहेकै थिए । दोहोरो सवाल जवाफ हुन नदिन सुरक्षाकर्मीहरु सक्रीय थिए ।

यसको प्रत्यक्ष समाचार संकलनका लागि पत्रकार भिम राई, चिसाङ शेर्पा र खेम पुरी घटनास्थल रहेका थिए । वडाअध्यक्ष लगायतको समुह कालीका मावि बाकाचोलको आगन रहेको थियो । भने सरोकारवाला समुह वडा कार्यलयको अगाडि सडकहरुमा उभिएर बसेका थिए । एक्कासी आक्रोशित भएका सरोकारवाला समुहबाट केही शब्दहरु कडा स्वरमा सुनियो । यी शब्दहरु सुन्न साथ वडाअध्यक्ष सान्तवीर तामाङ तलबाट ज्याकेट खोलेर उनिहरुलाई थर्काउँदै भिडतिर आउन लागेका के थिए । माथीबाट वडा सदस्य जयकुमार तामाङको समुहले ढुँगा बर्षाउन शुरु गरे । स्थिति पुरै तनाव ग्रस्त रहयो । सुरक्षाकर्मी र पत्रकारहरु बाल बाल बचे । जनपद प्रहरीमा इनिस्पेक्टर राजेन्द्र कुमार पौडेलको हातमा सामन्य चोट लाग्यो । आफुलाई पत्रकार नै भनेर चिनाई रहने खेम पुरी भने आक्रोशित भए । उग्र आन्दोलनकारी जस्तै पुरीले प्रस्तुत गर्दा त्यहाँका दुवैपक्षले निको मानेनन् ।,

सुरक्षाकर्मीहरुले संयमता अपनाए । पत्रकार चिसाङ शेर्पा, भिम राईहरु सहजकिरणका लागि सक्रिय भईरहे । शसस्त्र र जनपद प्रहरी अधिकृत तथा जवानहरु समेत स्थिति सामन्य बनाउन निरन्तर व्यक्ति–व्यक्तिसँग छलफलमा जुटे । निकै बेरपछि स्थिति केही सामन्य भएपछि दुवैपक्षबाट वार्ता समिति बनाउने भन्नेमा सहमती जुट्यो । वार्ता समिति निर्माण गरि खुलाएको ताला फेरी लगाउने र दुवैपक्षको सहमती पछिमात्र ताला खोल्ने, त्यसबेला सम्म वडा कार्यालयमा लगाईएको तालाकाे चाँबी संचारकर्मी भिम राईलाई बोक्न दिने कुरामा सहमती पछि १४ गतेको स्थिति सामान्य बन्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार