साना तथा लघु जलविद्युत उपभोक्ता समाजको तदर्थ समिति खोटाङमा

जिल्ला शाखा

चौथोअंग

खोटाङ, २७ फागुन । राष्ट्रिय लघु तथा साना जलविद्युत उपभोक्ता समाज जिल्ला शाखा खोटाङको तदर्थ समिति गठन भएको छ । खोटाङ र उदयपुर जिल्लामा रहेको २५ वटा विद्युत आयोजनाका उपभोक्ता समितिका प्रतिनिधीहरुको भेलाले समिति गठन भएको हो ।

दिक्तेल बजारको भवन गैरामा भएको दुवै जिल्लाका प्रतिनिधीहरुको भेलाले डिल्लि प्रसाद खुलालको अध्यक्षतामा ७ सदस्यीय तर्दथ समितिको गठन गरेको छ । समितिको उपाध्याक्ष्मा उद्धव हमाल उदयपुर ताप्ली रहेका छन् । यस्तै सचिवमा खोटाङका रुद्र राई, सहसचिव प्रकाश राई खोटाङ रहेका छन् ।

यस्तै सदस्यहरुमा श्री बहादुर राई खोटाङ, अग्नी प्रसाद राई खोटाङ र डिगबहादुर ठकुरी उदयपुर सदस्य रहेका छन् । कार्यक्रममा समाजका केन्द्रिय अध्यक्ष नारायण ध्वज खड्का र जिआईजेटका प्रतिनिधीको उपस्थितीमा कार्यक्रम भएको थियो । शाखामा खोटाङ जिल्लाको १८ वटा र उदयपुरको ७ वटा साना तथा लघु जलविद्युत आयोजनाको प्रतिनिधीत्व रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार