एमाले खोटाङको जिल्ला अध्यक्षमा राम दंगाल

एमाले

चौथो अंग
खोटाङ २६ फागुन । एमाले खोटाङको जिल्ला अध्यक्ष राम दंगाल बनेका छन् । एकता पूर्व अध्यक्ष रहेका बबि चाम्लिङलाई भने एमालेमा वाईपास गरिएको छ ।

२०७५ सालमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता प्रकृयामा आउँदा चाम्लिङ साबिक एमालेको जिल्ला अध्यक्ष हुन् । पार्टी एकतापछि जिल्लामा पार्टी संयोजन गर्दा माओवादी केन्द्रको भागमा जिल्ला अध्यक्ष र एमालेको भागमा सचिव परेपछि तत्कालिन जिल्ला अध्यक्ष चाम्लिङ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खोटाङको सचिव बनेका थिए ।

नेकपाको खोटाङको पहिलो बैठकपछि उनले आफु जिल्ला कमिटिको सचिव छाडेर प्रदेश समितिमा रहनेगरी वर्तमान सचिव राम दंगाललाई जिलला नेतृत्वमा ल्याईएको थियो । तत्कालिन एमालेको उपाध्याक्ष रहेका दंगाललाई यसरी जिल्ला नेतृत्वको अवसर जुरेको थियो । पछिल्लो समयमा नेकपामा देखिएको विवादले उग्रता लिदै जाँदा उनि सहित चाम्लिङ माधव प्रचण्ड लाईनमा उभिएका थिए ।

दङ्गाल केही समय दाहाल–नेपाल समूहमै रहेका भएपनि एकाएक काठमाडौं पुगेर ओलि क्याम्पमा उभिन पुगेका थिए । ओलि क्याम्पमा पुगेका उनलाई तत्कालिन नेकपा ओलि समुहले अध्यक्ष बनाएको थियो ।

यता बबि चाम्लिङ भने प्रचण्ड माधव समुहमा नै खुलेका थिए । पछिल्लो समयमा सर्वोच्च अदालतले एककृति पार्टीहरुलाई पूर्व अवस्थामा फर्काएपछि नेकपा एमाले मंगलबार खोटाङको जिल्ला भेला बसेको छ । भेलाले पार्टी कार्यालयमा बोर्ड राख्ने तथा अध्यक्ष राम दंगालले पदभार समेत ग्रहण गरिसकेका एमाले जिल्ला नेता कुमार आचार्यले बताए / साबिक नेकपामा विवाद भएपछि कार्यालय बन्द थियो । चाम्लिङ अध्यक्षबाट हटाइएको नभई आफैले राजिनामा दिएको आचार्यको भनाई छ । चाम्लिङले भने आफूलाई हटाएको विषयमा आपत्ति जनाएका छन् ।

‘साबिक नेकपा बनेपछि त्यत्तिखेरको एमालेलाई जिल्ला सचिव र अध्यक्ष माओवादीलाई परेको थियो ।’ चाम्लिङले भने–‘त्यसबेला पार्टीले सचिव नियुक्ति गरेपछि सचिवबाट चाहि ‘राजिनामा दिएको हो, तर अध्यक्षबाट होइन ।’ चाम्लिङ साबिक नेकपा प्रदेश कमिटी सदस्य तथा जिल्ला समन्वय समिति खोटाङका प्रमुख हुन् । अहिले पनि एमाले प्रदेश कमिटी सदस्य रहेकाले त्यसै अनुसार आशनग्रहण गराइएको आचार्यले सुनाए ।

अदालतले साबिक नेकपालाई एमाले र माओवादी हुने फैसला गरेपछि एमाले पक्षले खुसीयाली मनाइरहेका छन् । दिक्तेल बजारमा दीप प्रज्ज्वलन लगायतका खुसीयालीका कार्यक्रमहरु आयोजना गरिरहेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार