काम नगर्ने ठेकेदार कम्पनिकाे बैँक ग्यारेन्टी मार्फत अशुल उपर

स्वास्थ्य चाैकी भवन निर्माणमा ठेकेदारलाई कार्बाही

चाैथाे अंग

खाेटाङ । साकेला गाउँपालिका मात्तिम स्थित स्वास्थ्य चाैकी भवन निर्माण गर्ने जिम्मा लिएकाे श्री यु एस नाना जेभि निलकण्ठ धादिङलाई नेपाल सरकार शहरी विकास मन्त्रालयले १८ लाख तिराउने भएकाे छ । नेपाल सरकार शहरी विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभाग , सघन शहरी तथा भवन निर्माण अायाेजनासँग ठेकेदार कम्पनिले गरेकाे समझाैता अनुसार काम नगरेपछि बैँक ग्यारेन्टी मार्फत अशुल उपर गर्न लागेकाे हाे।

यु एस – नाना जेभि निर्माण कम्पनिले अायाेजना सञ्चालन गर्न प्राईम कमर्सियल बैँक कमलपाेखरी काठमाडाैँमा १८ लाख रूपैयाकाे बैँक ग्यारेन्टी लिएर सम्झाैता गरेकाे थियाे।
मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभाग अाेखलढुँगाले प्राईम कमर्सियल बैँकलाई पत्र लेखेर अायाेजना सँग गरेकाे सम्झाैता अनुसार काम नगरेकाे र अायाेजनाबाट पेस्की फर्स्याैट नभएकाे उल्लेख गर्दै ग्यारेन्टीकाे रकम अायाेजनाकाे खातामा भुक्तानी गर्न भनेकाे छ ।
साकेला गाउँपालिका खाेटाङ र निर्माण कम्पनि यु एस – नाना जेभिलाई बाेधार्थ दिईएकाे पत्रमा अायाेजना प्रमख प्रकिर्ण तुलाधरले हस्ताक्षर गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार