पवन श्रेष्ठ जिल्ला संयोजक

(नेकपा) प्रचण्ड–माधव समुह

चौथोअंग

खोटाङ, ७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहको राष्ट्रिय युवासंघ खोटाङले बृहत कार्यकर्ता भेलामार्फत जिल्ला कमिटि पुर्नगठन गरेको छ । शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा भएको भेलाले युवा नेता पवनकुमार श्रेष्ठको संयोजकत्वमा जिल्ला कमिटिको पुर्नगठन गरेको हो ।

जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङको प्रमुख आथित्यमा भएको अगुवा भेला तथा प्रशिक्षण कार्यक्रमले जिल्ला कमिटि सहसंयोजकमा शरद राईलाई चयन गरेको छ । यस्तै भेलाले एकसय ११ जनाको जिल्ला कमिटिको घोषणा गरेको छ । यस अघि युवा संघका जिल्ला संयोजक तोकिएको रसकुमार राई नेकपा ओलि समुहमा लागेपछि संयोजकको पद रिक्त रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अथिति समन्वय समितिका अध्यक्ष बबि चाम्लिङले अब मुलुकको भाग्य र भविष्य युवाहरुको हातमा रहेको भन्दै वर्तमानमा प्रतिगमनको विरुद्ध डटेर आन्दोलन गर्न यूवाहरुलाई आग्रह गरेका छन् । यस्तै विशेष अथिति नेकपा जिल्ला अध्यक्ष देवान किराती पृथ्वीले माओको ‘देश तिम्रो हो, हाम्रो नि हो, अन्तत तिमि युवाहरुको हो’ भन्ने भनाईलाई उदृत गर्दै युवाहरुको काँधमा देश बदल्ने जिम्मेवारी रहेको बताए ।

राष्ट्रिय युवासंघ नेपाल केन्द्रिय समितिका सदस्य तथा खोटाङ जिल्ला इन्चार्ज राजु विक्रम राईको उपस्थितिमा भएको कार्यक्रममा नेकपा प्रदेश समन्वय कमिटिका नेता विरवल राई, तारानाथ दाहाल, खोटाङ काठमाडौं सम्पर्क मञ्चका पुर्व अध्यक्ष बम खत्रि, खोटाङ काठमाडौं सम्पर्क मञ्चका नेता तथा जिल्ला पार्टीका नेताहरुले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार