कविताः विश्वास

    – भिम राई (माक्पाली कान्छा)

  – भिम राई (माक्पाली कान्छा)

ईतिहाँस छ

त्यसैको जगमा
फस्टाएका छन
हजारौँ विकृतिहरु
मौलाएका छन
असंगतीहरु
मौजुदा
एकथान कानुनले
देख्दैन न्यायको मुलढोका

सँगै हेलिएको
गरिबिको गोरेटाहरु
भोगिएका भोगाईहरु
लडिएका लडाईहरु
उठाईएका मुद्दाहरु
देखाईएका सपनाहरु
सब अधुरा छन्
पुरै अपुरा छन्
तुहिएको छ शसक्त क्रान्ती
उन्नत भनिएको
विशाल जन विद्रोह

स्मृतिमा रहेका
सम्झनामा आईरहेका
लम्बे अिभयान
शेल्टरको दुख
दुश्मनको धम्की
रातको चकमन्नतामा
सुनिने मधुरो पदचाप
देश र जनताको नाममा
उठाईएको कस्सिलो मुठी
खोसाईयो वा बेचियो
सहकर्मीको त्यो तातो रगत

तर मलाई
लाग्दैन
फेरि घाम उदाउने छैन
बिहान हुने छैन
मशाल त झन बल्दै बल्दैन
सडकको किनारामा
नाराजुलुस हुँदै हुँदैन
जनता सडकमा जाँदै जाँदैनन्
आन्दोलनको ज्वार
उठ्दै उठ्दैन
अँ हँ मलाई
कदापी लाग्दैन
अब फेरि क्रान्ती हुनै सक्दैन !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार