भाकल पूरा भएसी सुनकाे सिक्रि

  सन्ताेष पाैडेल

सन्तोश पौडेल                                        खोटाङ,२७पुस ।आफुँले गरेको भाकल पूरा भएको भन्दै एक महिलाले विश्व प्रसिद्ध त्रीधार्मिकस्थल हलेसी मन्दिरमा सुनको सिक्री चढाएकी छन् । छिमेकी जिल्ला उदयपुरस्थित त्रियुगा नगरपालिका–६ जलजले गाइघाइटकी प्रभा राईले एक तोला चार लालको सुनको सिक्री चढाएकी हुन् ।

६ वर्ष अगाडि हलेसी महादेवलाई अाफुँ लोकसेवा आयोगमा नाम निकाली सरकारी जागिरे हुन पाउँ भनी भाकल गरेकी राईले जागिर खाएकाे ६ वर्षमा शनिवार सो सुनको सिक्रि मन्दिरमा चढाएकि हुन् ।

राईले बालाचतुर्दशी, रामनवमी, हरिबोधनी, एकादशी जस्ता तिथिको अवसर पारेर महादेवलाई पहिर्‍याइदिन भन्दै हलेसी महादेव मन्दिर व्यवस्थापन समितिलाई सुन हस्तान्तरण गर्नुभएको हलेसी महादेवस्थान विकास समितिका प्रतिनिधि सर्वधन बस्नेतले बताएका छन ।

यता हलेसी तुवाचुङ नगरपालिका मेयर इवन राईले भने, दर्शनार्थीले चढाएका सुन,चाँदीका गरगहना शिवजी तथा पार्वतीलाई महत्त्वपूर्ण चाडवार्डमा महत्त्वकासाथ पहिर्‍याइने छ।” उक्त सुनको सिक्री हलेसी महादेवस्थान विकास समितिका प्रतिनिधि सर्वधन बस्नेत, हलेसी गुफाका पुजारी गोपाल गिरी र हलेसी महादेव मन्दिर व्यवस्थापन समितिका प्रतिनिधि हर्कराज राईले कागज गरेर बुझेका हुन ।
अनमी राई हाल उदयपुरस्थित त्रियुगा नगरपालिका–१४ साउने स्वास्थ्य चौकीमा काम गर्दै आइरहेकी छिन ।

समितिलाई राईले लिखित रुपमा कागज गरि राईले अाफ्नी अामा मृगाैलाकाे विरामी भएकाले अामाकाे स्वास्थ्य दिर्घायुको कामना गर्नुका साथै अरु बहिनिहरुले पनि अाफुँ जस्तै सरकारी जगिरे बनुन् भनी प्रार्थना गरेकी छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार