प्रतिनिधी सभा विघटन बाध्यता थियो : विशाल भट्टराई

चौथो अंग

खोटाङ, २७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको प्रतिनिधी सभा विघटन बाध्यताको उपज भएको नेकपा केन्द्रिय सदस्य तथा खोटाङ जिल्ला इन्चार्ज विशाल भट्टराईले बताएका छन् । नेकपा ओली समुहले खोटाङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् ।

सरकारले गरेका राम्रा कामको जसपनि नदिने र केही नया काम गर्नपनि नदिने घेराबन्दी गरेर उल्टै अविस्वासको प्रस्ताव खल्तिमा बोकेर हिँडिरहेको पाएपछि प्रतिनिधी सभा विघटन भएको भट्टराईको दावि छ । उनले सरकारले केही नया कामहरु गर्न खोज्दा पार्टी भित्रैबाट विरोध हुने अवस्था रहेकाले अन्तिम विकल्पका रुपमा प्रतिनिधी सभा विघटन गर्नु परेको बताए । प्रतिनिधी सभामा आफु समेत सदस्य रहेको र सो पद गएकोमा दुख लागेपनि यो बाध्यात्मक परिस्थिति रहेको उनको भनाई रहेको थियो ।

पत्रकार सम्मेलनमा नेकपा खोटाङमा कसैलाई कारवाही नगरिएको र पार्टी एकताको मर्मलाई प्रहार हुने किसिमको कुनै गतिविधी नगर्ने समेत जानकारी गराइएको छ । पार्टीको जिल्ला अध्यक्षमा राम प्रसाद दंगालको नाम घोषणा भएसँगै दाहाल–नेपाल समुहको अध्यक्ष देवान किराती पृथ्वी हटाईएको छ । यद्धपी पार्टी एकता ब्यँुतिने अवस्था आएमा फेरीपनि पहिले जुन पदमा रहेका हुन त्यहि पदमा फर्कन आफुहरुलाई कुनै अफ्ठयारो नहुने उनको भनाई रहेको छ ।

तत्कालिन संविधान सभाको सदस्य समेत रहेका भट्टराईलाई २०७२ साल अगाडि संविधान बन्दै गर्दा संसद विघटनका बारेमा तँपाईहरुको राय के थियो ? विधायकी मनशाय बुझ्न पत्रकारहरुले सोधेको प्रश्नमा भट्टराईले संसद विघटनको अधिकार प्रधानमन्त्रीलाई धारा ७६ ले प्रदान गरेको बताए । उनले अहिलेको अवस्था चुनावको तयारीमा लाग्नु पर्ने अवस्था रहेकोपनि बताएका छन् । सरकारले आगामी वैसाखमा तोकेको मध्यावधी निर्वाचन जसरी नि हुने बताएका छन् । संविधानले त्यो भन्दा पर निर्वाचनको मिति धकेल्न नमिल्ने पनि बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार