अन्तरास्ट्रिय अपाङ्ग दिवसमा परिचयपत्र

चाैथाे अंग                                                      खाेटाङ, १८ मंसिर । हलेसी तुवाचुङ नगरपालिका २ डिकुवामा २७ अाैँ अन्तरास्ट्रिय अपांग दिबसका दिनअपाङ्ग परिचयपत्र वितरण गरिएकाे छ। हलेसी तुवाचुङ नगरपालिकाकाे महिला तथा बालबालिका शाखाले नगरपालिका २ डिकुवाकाे दाम्ली पुगेर अपाङ्ग परिचय पत्र लगायत विभिन्न सामग्रीहरु वितरण गरेकाे हाे।

हलेसी तुवाचुङ नगरपालिका महिला तथा बालबालिका शाखाकाे अायाेजनामा त्यस क्षेत्रकाे जम्मा १४ जनालाई अपाङ्गताकाे परिचयपत्र बितरण गरिएकाे जनाईएकाे छ । नगरपालिकाकाे उपमेयर बिमला राईकाे प्रमुख अाथित्यतामा भएकाे कार्यक्रममा लैङगिक हिंसा विरुद्धको १६ दिने अभियान समेत संचालन गरिएकाे थियाे ।

उक्त कार्यक्रममा किशोरीहरुका लागि महिनावारी हुँदा हुने रक्त श्रावकाे बेला अावश्यक पर्ने घरेलु स्यानीटरि प्याड नि:शुल्क बितरण गरिएकाे छ। यस्तै विद्यालयलाई हिल्टैँक र ह्यान्डवास समेत उपलब्ध गराईएकाे जनाईएकाे छ।
कार्यक्रममा नगरपालिकाका निमित्त कार्यलय प्रमुख रवीकिरण अाचार्य, महिला तथा बालबालिका शाखा संयाेजक ईरन राई लगायतकाे उपस्थिति रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार