आन्दोलनका घाईते तथा अपाङगलाई छुट निवेदन दिन प्रशासनको आग्रह

चौथो अंग
खोटाङ, १८ मंसिर । शसस्त्र द्धन्द, ऐतिहासिक जनआन्दोलन तथा मधेस आन्दोलनहरुमा घाईते तथा अपाङग भएकाहरुलाई सरकारले पुःनश्च निवेदन दिन आव्हान गरेको छ । आज बिहिबार एक सूचना प्रकाशित गरेर जिल्ला प्रशासन कार्यालय खोटाङले छुट भएका कोही भएमा आवेदन दिन आग्रह गरेको हो ।
शसस्त्र द्धन्द, ऐतिहासिक जनआन्दोलन तथा मधेस आन्दोलनहरुमा घाईते तथा अपाङग भएकाहरुको विवरण संकलन एवं पहिचान गर्न विभिन्न समयमा बनेका कार्यदलहरुको गठन भई शिफारिस भएको आधारमा सरकारले सेवासुविधा दिईरहेको छ । जिल्ला प्रशासन कार्यालय खोटाङका साहायक प्रमुख जिल्ला अधिकारी विवेक श्रेष्ठद्धारा हस्ताक्षर गरिएको सूचनामा उक्त कार्यदलहरुको प्रतिवेदन तथा सिफारिसको आधारमा आर्थिक सहायता तथा जीवन निर्वाह वृत्ति उपलब्ध गराईरहेकोले कोही छुट भएमा निवेदन गर्न आग्रह गरिएको हो ।
सूचनामा सरकारले यी यस्ता आन्दोलनहरुमा परेका व्यक्तिहरुको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरवोलकन कार्यविधि २०७४ को दफा ३ बमोजिम यस जिल्लामा पनि सेवा उपलब्ध भईरहेको जानकारी दिँदै अझै वास्तविक पिडितहरु कोही छुटेका भएमा सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र निवेदन दिन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार