नेपाली गीत संगीतमा ‘मृत्यु एक बिन्ती छ’ एक छलाङ

Bhupal rai

चौथो अंग
खोटाङ, १८ मंसिर । नेपाली गीत संगीतको क्षेत्रमा नया आयामहरु थपिन थालेको छ । अहिले नेपाली गीत संगीत उद्योगमा बजार पछ्याउने होड चलिरहेको बेला फरक धारलाई समातेर भुपाल राईको ‘मृत्यु एक बिन्ती छ, केही पल जिउन दे’ ले नया छलाङ मारेको छ ।
किराती सौँदर्य चिन्तनका व्याख्खाता साहित्यकार तथा वरिष्ठ कवि तथा गीतकार भुपाल राईको शब्दमा सिँगारिएको रचनामा आशकुमार राईको संगीत रहेको छ । नेपालको मुर्धन्य गायक उदय सोताङको स्वरमा रहेको गीतले एउटा जीवनको अभिप्सा बोकेको छ ।
मृत्युसँगको याचना केही गर्नकै लागी मागेका भुपालको शब्द र आशकुमार राईको त्यहि भावलाई जुरुक्क उठाउने संगीतलाई कसले भन्दैन यो गीत कालजयी हो भनेर । उदय सोताङको दर्विलो स्वरले दिएको गहन र ओजस्वी प्रस्तुतीलाई सुन्दा मान्छे हुनुको एउटा अर्थ भेट्न सकिन्छ ।
भुपाल राईको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको गीको शब्दमा नै भनिएको छ ‘अधुरा केही काम, गरेर मर्न दे’ । गीतले मृत्युसँग नजिकमा राखेर संवाद गरिएको छ ।
तँ सोच्लास जीवनको मोहले कराएँ,
या मर्नको दुखले डराएँ ।
कदापी त्यो नसोच, केवल एक पलक दे
लडेका मान्छेलाई, उठेको हेर्न दे ।
बाँकी गीत हेर्न तल जानुहोस…

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार