व्यवसायी श्रेष्ठ पूर्वाञ्चल विश्वविद्यालयको होटल म्यानेजमेन्ट समितिमा

काठमाडौं । होटल व्यवसायी युवराज श्रेष्ठ पूर्वाञ्चल विश्वबिद्यालयको होटल म्यानेजमेन्ट विषय समितिको सदस्यमा नियुक्त भएका छन् । विश्वबिद्यालय डिनको कार्यालयले शुक्रबारबाट लागु हुने गरी उनलाई नियुक्ती पत्र दिएको छ ।

डाली खनालको अध्यक्षमा रहेको समितिमा अन्य श्रेष्ठसहित १६ जना सदस्य रहेका छन् । समितिले विश्वविद्यालयअन्तर्गत होटल म्यानेजमेन्टको कोर्ष सञ्चालनका लागि काम गर्ने छ ।

विश्वबिद्यालयले होटल क्षेत्रमा कार्यरत रहेको बिभिन्न व्यक्तीहरुलाई समेटेर समिति गठन गरेको हो । श्रेष्ठ होटल एसोसिएसन अफ नेपाल (हान) मार्फत समिति सदस्य नियुक्त भएका हुन् । प्लाजा होटल समूहका अध्यक्ष रहेका श्रेष्ठ हानमा समेत केन्द्रिय कार्यसमितिका सदस्य रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार