सगरमाथाको आधार शिविरमा फेशन सो

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर काला पत्थरमा फेशन शो को आयोजना गरिएको छ । सरकारले नेपाल भ्रमण वर्षमा पर्यटन प्रवद्र्धन तथा विश्व रेकर्ड राख्नका लागि फेशन शो को आयोजना गरेको हो ।

फेशन शो मा नेपाली मौलिक फाइबरले बनेका लुगा तथा पत्थरका गहना लगाएर स्वदेशी तथा विदेशी १५ जना मोडलहरुले ¥याम्प गरेका थिए ।

‘माउन्ट एभरेष्ट फेशन रनवे’ नामक फेशन शो कासाको आयोजना र आरबी डायमन्डको मुख्य प्रायोजनमा भएको हो । यसै साता सम्पन्न उक्त फेशन शो विश्वकै उच्च स्थानमा भएको पहिलो फेशन सम्बन्धी शो रहेको बताइएको छ ।

फेशन डिजाइनर रमिला नेम्कुलले गरेको जैीवक विविधता र प्राकृतिक महत्वका फेशनको अनुसन्धानका आधारमा फेशन रनवे आयोजना गरिएको आयोजकको भनाई छ ।
फेशन शो मा नेपाल पर्यटन बोर्ड तथा नेपाल भ्रमण वर्ष २०२० ले सहकार्य गरेको थियो ।

फेशन शो मा मिस युनिभर्स नेपाल मनिता २०१८ मनिता देवकोटाको नेतृत्व रहेको शो मा भारत, श्रीलंका, पोल्याण्ड, नाइजेरिया, फिनल्याण्ड र ईटालीका मोडलहरु सहभागी भएका थिए ।

तस्विरः सामाजिक सञ्जाल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार