नाट्टामा महिलाको उम्मेद्वारी

काठमाडौं । नेपाली समाजले लामो सयमदेखि गर्दै आएको संघर्षको उपलब्धि हो, महिला समावेशिता । तर, व्यवहारमा भने महिला समावेशिताको कार्यान्वयन भएको देखिदैन ।

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) को नयाँ कार्यसमितिको निर्वाचनका लागि मिहिका शाह धाख्वाको नेतृत्वमा घोषित समूह भने त्यसमा फरक देखिएको छ । अध्यक्षसहित महत्वपूर्ण पदमा महिलालाई नै अघि सारिएको छ ।

मिहिका नेतृत्व समूहको महासचिवमा कमला गुरुङलाई अघि सारिएको छ । नाट्टाको पूर्व केन्द्रीय सदस्य कमला गुरुङ, गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जीटीन) का निवर्तमान अध्यक्षसमेत हुनुहुन्छ । लामो समयदेखि नेपाली पर्यटन क्षेत्रमा सक्रीय कमला स्थापित व्यक्तित्व हुनुुहुन्छ । यो समूहले कोषाध्यक्षमा पनि महिलालाई नै अघि सारेको छ । देवकी गुरुङलाई कोषाध्यक्षको उम्मेद्वार बनाएको छ ।
१५ सदस्सीय कार्यसमितिका लागि यो समूहले तय गरेको उम्मेद्वारीतर्फ वरिष्ठ उपाध्यक्षमा नारायण गुरुङ कोने, उपाध्यक्षमा रमेश थापा, सचिवमा अमृत ढकाल र सहकोषाध्यक्षमा फूदोमा शेर्पा रहेका छन् । यसैगरी कार्यसमिति सदस्यहरुमा बिजय राई, सुजिता गजमेर, सुवास महर्जन, बिष्णु बस्नेत, सागर अधिकारी, भरतजंग पाण्डे, श्रृजना महर्जन र राजकुमार देबकोटाले मनोनयन दर्ता गरेका छन्।

नाट्टा नेतृत्वका लागि भीमप्रसाद पन्तको अर्काे समूह पनि मैदानमा उत्रिएको छ । यो समूहको उम्मेद्वारी भने तुलनात्मक रुपमा मिहिता नेतृत्वको टोलीभन्दा कम समावेशी देखिएको छ ।

भीम नेतृत्वको समूहको वरिष्ठ उपाध्यक्षमा विनय वस्नेत, उपाध्यक्षमा बरुण मेहता, महासचिवमा सुधिर कुमार उपाध्याय, सचिवमा जिस्वा तुलाधर श्रेष्ठ, कोषाध्यक्षमा हरिभक्त श्रेष्ठ र सह–कोषाध्यक्षमा युविका भण्डारीलाई उठाएको छ । यस्तै, सदस्यहरुमा लक्ष्मी कार्की अधिकारी, गीता ढकाल (रेजु), सुवर्ण श्रेष्ठ, रामशोभित नायक, हरिकुमार श्रेष्ठ, विष्णु कार्की, डेण्डी शेर्पा र चुडावहादुर जिम्बा रहेका छन् ।
नाट्टाको निर्वाचन जनवरी १७ तारिक (माघ ३ गते) काठमाडौंमा हुंदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार