पत्रकार महासंघ खोटाङमा आचार्यको नेतृत्व सर्वसम्मत

नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङको नेतृत्व सर्वसम्मत निर्वाचित भएको छ । प्रेस चौतारी नेपाल, प्रेस युनियन नेपाल र प्रेस सेन्टर नेपालका पत्रकारहरुले जिल्ला नेतृत्व सर्वसम्मत बनाएका हुन् ।

प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य हरिबोल आचार्यको नेतृत्वमा बनेको कार्यसमितिमा प्रेस युनियनका चिसाङ शेर्पा र प्रेस सेन्टर नेपालकी सविना अछामी उपाध्याक्षमा चयन भएका छन् । सचिव प्रेस युनियनका राजकुमार भट्टराई, सहसचिवमा प्रेस युनियनकै मनोज आचार्य र समावेशी सहसचिवमा प्रेस चौतारीका राजन ठटाल चयन भएका हुन् । यस्तै कोषाध्याक्षमा प्रेस सेन्टर नेपालका उजुर राई सर्वसम्मत चयन भए ।

यस्तै सदस्यहरुमा कृष्णकला राई, सुनिल श्रेष्ठ, खिलन राई र सन्तोष पौडेल रहेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा निर्वाचन समितिले जनाएको छ । यसै गरी महासंघको केन्द्रिय पार्षदमा युनियनका दिलिप खत्री, प्रदेश पार्षदमा सेन्टरका केदार मगर, युनियनका उत्तम चौलागाई र चौतारीका लोकमणी रिजाल सर्वसम्मत भएको निर्वाचन समिति सदस्य दमन राईले जानकारी दिनु भयो ।

यो सँगै खोटाङमा अब प्रदेश र केन्द्रका लागिमात्र मतदान हुने छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार