खोटाङ जिल्ला प्रतिनिधी सभा सदस्य माननीय रामकुमार राई पासाङको नेतृत्वमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा खोटाङका प्रतिनिधी सभा सदस्य माननीय रामकुमार राईको नेतृत्वमा गएको सर्वदलिय सर्वपक्षिय टोलिले प्रधानमन्त्री केपि शर्मा ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । प्रधानमन्त्रीको कार्यालय सिँहदरबार पुगेको टोलिले गएको असोज ९ गते देखि १३ गते सम्म परेको अविरल बर्षाको कारण खोटाङमा तराईसँग सिधा जोडने फोक्सिङटार बगाएको लगायत जिल्लामा धेरै ठाउँमा विचल्ली बनाएर क्षति भएको भन्दै ध्यानकर्षण पत्र बुझाएको हो ।

प्रधानमन्त्रीले ध्यानाकर्षपत्र बुझ्दै अविरल बर्षाका कारण सबैतिर क्षति पु¥याएको बताउँदै खोटाङ जिल्लापनि यसबाट अक्षुतो नरहेको जानकारी पाएको बताउनु भएको छ । उहाँले यस्तो प्राकृतिक प्रकोपका कारण करोडौँको क्षति भएकोमा दुःख ब्यक्त गर्दै सरकारले तदारुकताका साथ पुनःनिर्माणको कार्यलाई तिब्रता दिईने बताउनु भयो

टोलिमा जिल्लामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता कार्यकर्ता तथा समाजसेवि, बुद्धिजिवि, पेशागत संघ संगठनका प्रतिनिधिहरु सहभागि रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार